काठमाडौं- पत्रकार तथा गीतकार राधिका अधिकारीको नयाँ गीत ‘माइती देशको घाउ’ सार्वजनिक भएको छ। काव्या आचार्य र मिना नेपालीको स्वर रहेको गीतमा देश छाडेर परदेश जान बाध्य दुई युवतीले स्वदेश सम्झिएको परिवेश समेटिएको छ।
दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र बजगाईले संगीत संयोजन गरेका छन्। राज पोखरेलको छायांकनमा गीतको भिडिओ निर्देशन पवन रानाभाटले गरेका हुन्।
२०७२ सालमा राधिकाको ‘किनारा’ एल्बम सार्वजनिक भएको थियो।
भिडिओ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।