कोरिया- दक्षिण कोरियामा कार्यरत एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ।
कैलाली घर भई तीन वर्षदेखि कोरियामा कार्यरत २९ वर्षका प्रमोद चौधरीको सोमबार बिहान सुतेकै अवस्थामा मृत्यु भएको कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए।
चौँधरी छन्छन नाम्दो स्थित एक बंगुर फार्ममा कार्यरत रहेका थिए। ‘आइतबार साँझ सँगै खाना खाएर सुतेका सहकर्मीले चौधरी बिहान अबेरसम्म नउठेपछि साहुलाई खबर गरेका रहेछन्,' बाँस्तोलाले भने, 'तुरुन्त अस्पताल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको खबर पाएका छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।