काठमाडौं– नापी कार्यालय लहान, सिरहाका अमिन दीपरञ्जन यादव घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई १० हजार घुससहित पक्राउ गरेको हो।
सेवाग्राहीसँग जग्गाधनी प्रमाणपत्र बनाउने प्रयोजनका लागि भन्दै उनले १० हजार घुस लिएको अख्तियारले जनाएको छ।
घुस माग गरेको सूचना पाएपछि अख्तियारको बर्दिबासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।