काठमाडौं– गायक जेबी टुहुरेलाई जनगायक मानिँदै आए पनि सरकारले औपचारिक रुपमा उपाधि दिएको थिएन।
आजबाट भने उनले सरकारबाट ‘जनगायक’को उपाधि पाएका छन्। सरकारले जेबीलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले टुहुरेलाई ‘जनगायक’को उपाधि दिने निर्णय गरेको हो।
टुहुरेको २ वर्षअघि ७८ वर्षको उमेरमा निधन भएको थियो। टुहुरेले जनआन्दोलनताका थुप्रै जनवादी गीत गाएका छन्।
जेबीले ‘आमा दिदी बहिनी हो’, ‘आँधीखोलैले’, ‘लाखौंको लागि उजाड छ यो देश’ लगायत दर्जनभन्दा बढी चर्चित जनवादी गीत गाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।