काठमाडौं– जस्मिन पेन्ट्सले ‘रंगिन पल खुशी डबल’ उपहार योजना सार्वजनिक गरेको छ। चाडपर्वलाई ध्यानमा राखेर यही १ भदौदेखि लागु हुने गरी उपहार योजना प्रस्तुत गरिएको जस्मिन पेन्ट्सले जनाएको छ। कम्पनीका अनुसार यो योजना आगामी मंसिर १५ गतेसम्म लागु हुनेछ।
जस्मिन पेन्ट्सले आफ्नो व्यावसायिक वृद्धिका लागि हरेक वर्ष ग्राहक केन्द्रित योजनाहरू सार्वजनिक गर्दै आएको छ। विगतका वर्षहरूदेखि नै सञ्चालन गर्दै आएको उपहार योजनालाई यस वर्ष पनि निरन्तरता दिइएको विज्ञप्तिमा उल्लेख छ।
यस योजनामा सहभागी हुन ग्राहकले नजिकैको डिलरबाट कम्तीमा ७५ हजार रुपैयाँको भ्याटसहितको जस्मिन पेन्ट्सको उत्पादनको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्नेछन्।
विजेताको घोषणा लक्की ड्र कार्यक्रमको प्रत्यक्ष प्रसारणमार्फत गरिने छ। जस अन्तर्गत ४ सय जना ग्राहकहरूले विभिन्न उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार विजेताले १ जनाले यामाहाको रे जी स्कुटर, ७ जनाले रेडमी १२ स्मार्ट मोबाइल फोन, २० जनाले एक्यू फिट स्मार्ट घटी, ४५ जनाले डीएचआई २.८ लिटरको इलेक्ट्रिक राइस कुकर र ३२७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्ने छन्।
कम्पनीले विगत ३० वर्षदेखि निरन्तर रुपमा नेपालको बजारमा रंग उत्पादन गर्दै नेपालभरिका डिलरहरू मार्फत आफ्ना उत्पादनहरू नेपाली ग्राहक समक्ष पुर्याउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।