काठमाडौं– गायक प्रकाश तामाङ तितुङ र गायिका अन्नु चौधरीको स्वरमा ‘गैरी खोला बनैमा’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
विक्रम तामाङ मलाकीको शब्द तथा संगीत रहेको गीत काठमाडौंको एक रेस्टुरेन्टमा प्रेसमिटको आयोजना गर्दै सार्वजनिक गरिएको हो।
विक्रमको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडिओमा स्वयम् विक्रम (खुइले बाजे), मोडल मिस पवि र उमेश राई (फुलन्देकी आमा) फिचर्ड छन्।
गीतमा सेलो भाका र सुदुरपश्चिमको भाका फ्युजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।