काठमाडौं– गायिका पुजन काफ्लेको स्वरमा रहेको तीज गीत ‘ए आमा गाउँदै नाच्ने हो’ सार्वजनिक भएको छ।
गीतमा गायिका काफ्लेकै शब्द र आरसी रिमालको संगीत छ।
गीतको भिडिओमा गायिका काफ्लेसँगै मैया काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामाङ, एन्जल काफ्ले, तारा लामा, उषा काफ्लेलगायतका कलाकारले अभिनय गरेका छन्।
शेरबहादुर डिसीको निर्देशनमा तयार भएको भिडिओमा शिवन पोखरेलको नृत्य निर्देशन, सुशील डाँगीको छायांकन, निराजन केसीको सम्पादन तथा कलर करेक्सन छ।
गीतको भिडिओ गायिका काफ्लेकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
यसअघि गायिका काफ्लेले ‘मेरो सासको’ बोलको आधुनिक गीत सार्वजनिक गरिसकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।