काठमाडौं– गायक धर्मेन्द्र सेवानको आवाजमा 'एउटा यात्रा' बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा धर्मेन्द्रकै शब्द तथा संगीत रहेको छ। गायक राज के गोस्वामीको कन्सेप्ट तथा अभिनय रहेको भिडिओमा जीवनप्रति आशावादी हुँदै जीउनु नै जीवन हो भन्ने भाव व्यक्त भएको छ।
गोस्वामीले यो गीत पछिल्लो समय आर्थिक मन्दी, बेरोजगारीजस्ता समस्याका कारण युवाहरूमा मानसिक स्वास्थ्यमा विचलन आइ अप्रिय कदम उठाउने गरेको अवस्थालाई मध्यनजर गर्दै तयार पारेका हुन्।
उनले आशावादी भई जीवन जिउन प्रेरित हुन् भन्ने जोड गीतमा दिएका छन्।
'नेपाल तारा'बाट चर्चामा आएका गायक सेवान नेपाली संगीत क्षेत्रका प्रतिभावान गायकका रुपमा परिचित हुन्।
सेवान र गोस्वामीले अस्ट्रेलियाका विभिन्न सहरमा साँगीततिक कार्यक्रमसँगै केही गीतहरूको सिर्जनामा सहकार्य गर्दे आइरहेका छन्।
यो गीत पनि त्यही सहकार्यको निरन्तरता हो।
गीतको भिडिओलाई सुरज श्रेष्ठले छायाकंन, सम्पादन तथा निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।