काठमाडौं- नेपाल महिला संघले वडा समितिदेखि केन्द्रसम्मका पदाधिकारीमा न्यनूतम महिलाको ३३ प्रतिशत प्रतिनिधित्व विधानमा समावेश गर्न सुझाव दिएको छ।
संघले क्रियाशील सदस्यता वितरण गर्दा सक्रिय महिलाहरुलाई प्राथमिकता दिन माग गरेको छ। टिकट वितरण समितिमा केन्द्रदेखि तल्लो निकायसम्म तहगत पदाधिकारीहरुलाई सम्मिलित गर्न पनि संघको सुझाव छ।
निर्वाचनमा महिलाहरुलाई केन्द्र र प्रदेशमा ३३ प्रतिशत र स्थानीय नितहमा ५० प्रतिशत टिकटको दाबी गरिएको छ भने मधेसमा खस आर्यलाई आरक्षणको व्यवस्था गर्न सुझाव दिइएको छ।
नेपाली कांग्रेसको केन्द्रीय समितिमा महिलाहरुको प्रतिनिधित्व करिब १७ प्रतिशत छ भने पदाधिकारीमा एक मात्रै महिला छन्। जिल्ला सभापतिहरुमा करिब चार प्रतिशत मात्रै महिलाहरुको प्रतिनिधित्व रहेको छ।
पार्टीले विधान मस्यौदा समितिले आवश्यक राय सुझावको माग गरेसँगै महिला संघले सुझाव पेस गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।