• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अन्तर्राष्ट्रिय बजारमा ‘गोर्खा वारियर’

64x64
रासस बिहीबार, साउन ३२, २०८०  २०:३४
1140x725

काठमाडौं– चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्रको पनि प्रवर्द्धनमा मद्दत पुग्छ। दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो। पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ। अर्थात् अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई समयको दस्तावेजको रूपमा समेत बुझ्ने गरिन्छ। 

अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै वेशभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ। विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने प्रचलन बढ्दो छ। कुनै समय वा घटनालाई लिएर बनाइने ती चलचित्र त्यो समयलाई अहिलेको पुस्तासम्म पुर्‍याउनुका साथै इतिहासका लागि दस्तावेजको कामसमेत गर्छ। तर नेपालमा भने त्यस्ता कथामा कमै चलचित्र बन्ने गरेका छन्। सीमित बनेका चलचित्रले दर्शकको साथ नपाएको यथार्थ छ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको ऐतिहासिक लडाइँमा आधारित रहेर बनेको चलचित्र ‘नालापानी’ गत वर्ष प्रदर्शन भयो। निर्माता तथा निर्देशक रिमेश अधिकारीले यो चलचित्रको सार्वजनिक प्रदर्शनको समयमा निर्माणका लागि नौ वर्ष खर्चिएको दाबी गरेका थिए। तर चलचित्रले न समीक्षा राम्रो पायो, न दर्शक नै। अर्थात् असफल भयो। 

‘नालापानी’भन्दा अगाडि प्रदर्शन भएको तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा कीर्तिपुरमा गरेको आक्रमणलाई लिएर बनाइएको चलचित्र ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ पनि सफल हुन सकेन। 

विसं २०५४ मा निर्देशक किशोर रानामगरले लिगलिगका मगर राजाले छिमेकी राजासँग गरेको लडाइँमा आधारित रहेर चलचित्र ‘सीमारेखा’ निर्माण गरेका थिए। यसले भने व्यावसायिक सफलतासमेत पाएको थियो। त्यसयता भने लामो समय ऐतिहासिक कथालाई पर्दामा ल्याउने आँट नेपाली निर्माता तथा निर्देशकले गरेका थिएनन्। तर पछिल्लो समय यो क्रम बढेता पनि लगातार असफलता प्राप्त भइरहेको छ।

त्यसो त नेपालमा अहिले कथालाई दर्शकसम्म पुर्‍याउन कलाकारको साथ आवश्यक देखिने गरेको छ। स्थापित निर्देशक नै कलात्मक चलचित्रमासमेत परिचित अनुहार नै रोज्ने गर्दछन्। अर्थात् अभिनय क्षमतासँगै बजारको माग पनि कारण बन्ने गरेका छन्।

परिचित अनुहारलाई अभिनय गराउँदा प्रचार–प्रसारमा सहयोग पुग्ने निर्देशक ज्ञानेन्द्र देउजाले बताए। ‘हामीलाई चाहिने पात्र सुहाउँदो कलाकार हो। यद्यपि कहिलेकाहीँ बजारलेसमेत हामीलाई निर्देशन गर्छ’, निर्देशक देउजाले भने। ऐतिहासिक घटनाक्रममा चलचित्र निर्माण कमी हुनुमा लगानीकर्ता र त्यसलाई प्रस्तुत गर्न चाहिने बजेट र चलचित्रको बजारलाई उनले कारक देखेका छन्। उनले कृतिमा आधारित चलचित्र ‘मुना मदन’ र ‘झिङ्गेदाउ’ निर्देशन गरेका छन्।

नेपालमा कृति र ऐतिहासिक घटनाक्रमबाट चलचित्र बन्नेक्रम विस्तारै बढे पनि त्यस्ता चलचित्रले व्यावसायिक सफलता नपाउँदा सोचेजस्तो सङ्ख्यामा बन्न सकेको छैन। साथै बितेको समयलाई पर्दामा देखाउन सहज नरहेको निर्देशक मिलन चाम्सले बताए। गोर्खालीको वीरगाथालाई पर्दामा ल्याउन उनले केही समययता सङ्घर्ष गरिरहेका छन्।

Ncell 2
Ncell 2

उनको निर्माण तथा निर्देशन रहेको ‘गोर्खा वारियर’ तयार भइरहेको छ। ‘छायाङ्कनमै तीन वर्षभन्दा बढी समय खर्चिएँ। प्राविधिक कार्यका लागि नेपालदेखि भारतसम्मका प्राविधिको प्रयोग गरेको छु’, उनले भने।

आफैं पूर्वगोर्खा सैनिक रहेका निर्देशक चाम्सले १० वर्ष अगाडिदेखि नै गोर्खालीको वीरताको कथालाई पर्दामा उतार्ने प्रयास गरिरहेका छन्। चलचित्रमा गोर्खालीले लडेको ‘मलाया युद्ध’लाई देखाइएको छ। गोर्खाली सैनिक जङ्गल युद्धमा अन्यभन्दा राम्रो मानिने भएकाले पनि यो कथा रोजेको उनले जानकारी दिए। 

‘व्यावसायिक चलचित्रमा लगानी गर्ने जति पनि पाइन्छ तर जोखिमयुक्त ऐतिहासिक विषयमा लगानी गर्ने लगानीकर्ता पाउन गाह्रो छ। त्यसैले यस विषयमा सम्बन्धित सङ्घसंस्थासँगै राज्यले समेत सोच्नुपर्छ’, उनले भने।

उनले गोर्खालीको वीरताको गाथामा चलचित्र बनेको विश्वलाई जानकारी दिने उद्देश्यले बेलायतको लन्डनस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स प्रविधि जडित चलचित्र भवन सिनेवल्र्डमा ‘गोर्खा वारियर’को विश्वमै पहिलोपटक विशेष प्रदर्शनी (वल्र्ड प्रिमियर) गर्दै छन्। 

भदौ २४ अर्थात् १० सेप्टेम्बरमा हुने प्रदर्शनीमार्फत् विश्वभर नेपाली चलचित्र र वीरताको गाथा गुञ्जिने विश्वास उनको छ। सो अवसरमा बेलायती सेनाको ‘द ब्यान्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुति दिने तय भएको निर्देशक चाम्सले जानकारी दिए।

‘पूर्व सैनिक भएकाले पनि यो मेरो लागि चलचित्रमात्र होइन। सेनाको ब्यान्डले पहिलोपटक चलचित्रको प्रिमियरमा प्रस्तुति दिँदैछन्। यो सब गोर्खालीको वीरताले प्राप्त गरेको सम्मान हो’, निर्देशक चाम्सले भने। सो चलचित्र भवनमा भव्यरूपमा हुने प्रदर्शनीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नमा मद्दत पुग्ने विश्वास उनको छ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्