काठमाडौं– बलिउड अभिनेत्री प्रियंका चोपडाका पति तथा चर्चित अमेरिकी गायक निक जोनस कुनै न कुनै कारण चर्चामा आरहन्छन्।
हालै निक जोनसको एउटा भिडिओ सार्वजनिक भएको छ, जसमा उनी आफ्ना भाइ केभिन जोनस र जो जोनससँग स्टेजमा प्रस्तुति दिइरहेका छन्। यही क्रममा उनी स्टेजबाट खस्छन्।
त्यसपछि उनी तुरुन्तै उठ्छन्। फेरि गाउन थाल्छन्। उनको आत्मविश्वास र व्यवहारलाई प्रशंसकहरूले मन पराएका छन्। केही प्रशंसक उनको स्वास्थ्यलाई लिएर चिन्तित छन्। एक प्रयोगकर्ताले लेखेका छन्, 'निक लडेर जसरी उठे, त्यो गजबको छ।' अर्को प्रयोगकर्ता लेख्छन्, 'आशा छ निकलाई चोट लागेको छैन।'
कतिपयले कार्यक्रम आयोजना गर्नेलाई गाली गरिरहेका छन्। किन यस्तो खतरनाक ढंगले स्टेज डिजाइन गरेको भन्ने उनीहरूको प्रश्न छ। यस कन्सर्टमा निककी पत्नी तथा अभिनेत्री प्रियंका चोपडा पनि सहभागी भएकी थिइन्।
यसअघि पनि निक जोनसको कन्सर्टको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो, जसमा उनले लाइभ पर्फमेन्स दिइरहेका थिए।
त्यसपछि कन्सर्टमा उपस्थित एक महिला फ्यानले उनीमाथि ब्रा फालिन्, त्यसपछि निकले केही बुझ्न सकेनन् र केही समय रोकिए।
त्यसपछि उनी कुनै प्रतिक्रिया नदिई त्यहाँबाट उठेर फेरि गाउन थाले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।