काठमाडौँ– गायक विक्रमजंग शाहले नयाँ गीत ‘गर्लफ्रेन्ड छोडेँ मैले’ सार्वजनिक गरेका छन्।
यज्ञ विकको शब्द र सङ्गीत रहेको गीत गायनमा विक्रमलाई गायिका टिका पुनले साथ दिएकी छन्। गीतमा विनोद बाजुरालीको संगीत संयोजन छ।
प्रेमी र प्रेमिकाबीच असमझदारी उत्पन्न भएपछि टुंगिने सम्बन्ध देखाएको गीतको भिडियोमा पल शाह, विजय पुन, बिष्णु पुन, यानी पुन लगायतले नृत्य गरेका छन्।
विक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको सम्पादन र रंग संयोजन छ।
विक्रमले यसअगाडि माइला, खोला खोल्सी, ज्यानलाई भो खतरा, टिलपिल तारा, मनमा तिमी लगायतका गीतहरू ल्याइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।