महेन्द्रनगर– कञ्चनपुरमा शौचालयको सेप्टिक ट्याङ्कीमा फसेर जंगली हात्ती मरेको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनमा रहेको शौचालयक सेप्टिक ट्याङ्कीमा फसेर हात्ती मरेको हो।
सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टिक ट्याङ्कीमा हात्ती फसेको हो।
हात्ती बुधबार राति शौचालयको सेप्टिक ट्याङ्कीमा फसेको हुनसक्ने बताइएको छ। बिहीबार बिहान मरेको अवस्थामा, सेप्टिक ट्याङ्कीमा हात्ती फेला परेको थियो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहता बुधबार राति करिब १२ बजेतिर जंगली हात्ती सेप्टिक ट्याङ्कीमा परेर मृत्यु भएको देखिएको बताए।
जंगली हात्ती बथानमा आएको हुनसक्ने उल्लेख गर्दै उनले मरेको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताए। ‘यसबारे थप अनुसन्धान भइरहेको छ,’ प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘विधि प्रक्रिया पुर्याएर मरेको हात्तीको व्यवस्थापन गर्दैछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।