१८ औँ एसियाली खेलकुदको समापनसँगै नेपाली खेलकुद टोली आइतबार राती ९ बजे नेपाल फर्किएकाे छ।

इण्डोनेसियाको राजधानी जाकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा खेलको समापन भए पश्चात् नेपाली टोली स्वदेश फर्किएकाे हाे।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मालाले स्वागत गरिएको थियो। कार्नो रंगशालामा २९ खेलमा सहभागी भएको नेपालले प्याराग्याइडिङ तर्फ मात्र रजत पदक जित्न सफल भएको थियो। अन्य कुनै पनि खेलमा नेपालले पदक जित्न सकेन।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले एसियाली खेलकुदमा पद विजेता खेलाडीलाई सम्मान गर्ने कार्यक्रम छ। दिउँसाे साढे एक बजे राष्ट्रिय सभा गृहमा खेलाडी सम्मान गर्ने कार्यक्रम छ।

तस्वीर : निमेश जंग राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।