• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर ९, २०८३ Wed, Nov 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कसरत बढाउँदै कांग्रेसको तेस्राे धार

64x64
नेपाल लाइभ सोमबार, भदौ १८, २०७५  ००:३०
1140x725

काठमाडाैं– नेपाली कांग्रेसको तेस्रो धारले पार्टीमा आफ्नो बेग्लै पहिचान स्थापित गर्न सक्रियता  बढाएको छ। प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनपछि संस्थापन समूह र इतर समूहका रुपमा दुई गुट परिचित थिए। तर, पछिल्लो समय संस्थापन इतरका दुई समूहले आ–आफ्नो बाटो तय गरेका छन्।

तेस्रो धारको नेतृत्व गरेको कृष्ण प्रसाद सिटौलाको समूह थप सशक्त भुमिकामा देखिने प्रयासमा छ। निर्वाचनमा पराजय पश्चात् भएको भातृ तथा शुभेच्छुक संगठनको महाधिवेशनमा सहकार्य गरी वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौला पक्षले संस्थापन पक्षलाई पराजित गर्दै आएका थिए। तर,पछिल्लो समयमा देखिएको गतिविधिले संस्थापन इतरका दुई समूहले आगामी दिनमा सहकार्य गर्ने सम्भावना कम हुने संकेत देखिएको छ।

गत बुधबार सिटौला समूहले गरेको एक कार्यक्रममा उनी पक्षीय नेता तथा कार्यकर्ताहरूको मात्रै उपस्थिति रहेको थियो। ‘वर्तमान परिस्थिति र लोकतन्त्रका चुनौती’ विषयक अन्तरक्रिया गरिएको त्यही स्थान हो, जहाँ २०७२ फागुन १९ मा सिटौला पक्षका नेताहरूले १३ औं महाधिवेशनमा उम्मेदवारी घोषणा गरेका थिए।

तत्कालिन समयमा उम्मेदवारी घोषणा गर्दा शक्ति प्रर्दशनको छनक देखाएको समूहले गत बुधबारको अन्तरक्रिया कार्यक्रममा आफ्नो धार बलियो भएको सन्देश प्रवाह गर्ने प्रयास गरेको थियो। ती दुवै कार्यक्रमका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड रोजिएको थियो। अन्तरक्रियाको आयोजक संस्था ‘जिपी कोइराला लोकतन्त्र संवर्द्धन केन्द्र’ सिटौलाको पहलमा २०७२ कार्तिकमा गठन गरिएको थियो।

कांग्रेसकाे १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने सोच बनाएपछि सिटौलाले आफू निकटका कार्यकता जम्मा गरेर कमलादी स्थित होटल कमलमा उक्त संस्था गठन गर्न सुझाएका थिए। सिटौलाका कदमलाई साथ दिने गरी उक्त संस्था जन्माइएको बताइन्छ। सिटौला नजिक रहेका बलदेब तिमल्सिना संस्थाको संयोजक छन्। उनी सिन्धुपाल्चोकबाट महासमिति सदस्य पनि हुन्। 

सिटौला समूह कति बलशाली? 

१३ औं महाधिवेशनमा सिटौलाले सभापतिमा उम्मेद्वारी दिँदै गर्दा महामन्त्रीमा युवा नेता गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरी प्रतिपस्र्धी थिए। सिटौला समूहमा अर्का युवा नेता प्रदिप पौडेलको साथ छ भने केन्द्रीय सदस्य शिव प्रसाद हुमागार्इं पनि साथ छ।

गत बुधबारको अन्तरक्रियामा सिटौलाले युवा नेताहरू दायाँ बायाँ राखेर आफ्नो समुह बलियो भएको छनक दिएका थिए। केन्द्रीय सदस्यहरूमा अंक गणितमा कम भएपनि मुद्दाहरूमा सबैभन्दा अघि रहेको समूहको दाबी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सिटौला पक्षको लागि बलियो आधार नेपाल विद्यार्थी संघको एक तप्का रहेको छ। जसलाई महामन्त्री कुन्दनराज काफ्लेले नेतृत्व गरिरहेका छन्। विद्यार्थी संगठनमा काफ्ले समूह बलियो भएकै कारण सभापति नैनसिंह महरले समयमा अधिवेशन गर्न आलटाल गरेको विद्यार्थी नेताहरूको आरोप छ।

काफ्लेको समूहलाई कतिपय एजेण्डामा रामचन्द्र पौडेल निकटका विद्यार्थी नेताहरूले साथ दिँदै आएका छन्। झापा,कालिकोट, उदयपुर ताप्लेजुङ, सिन्धुपाल्चोक लगायतका जिल्ला सभापतिहरूले सिटौलालाई साथ दिएका छन्। पछिल्लो समय नुवाकोटका सभापति जगदिशनरसिंह केसी पनि सिटौला नजिक भएको बताइन्छ। 

नेपाल महिला संघकी महासचिव धना खतिवडा, तरुण दलका उपाध्यक्ष उत्तम कुमार चापागार्इं र सांस्कृतिक संघका महामन्त्री रोशन केसी सिटौला नजिक छन्। १३ औं महाधिवेशनमा सिटौलाले उम्मेद्वार घोषणा गर्दा सहयोग गरेका पुष्कर आचार्य ट्रेड युनियन कांग्रेसको अध्यक्ष बनेका छन्।

अर्कातिर सिटौला गृहमन्त्री हुँदा निजामति कर्मचारीबाट सहयोग पुर्‍याएका गोपाल पोखरेल नेपाल कर्मचारी संघको अध्यक्षमा चुनिएका छन्। गत चैतमा भएको कांग्रेस निकट कर्मचारी संघको महाधिवेशनमा पोखरेललाई अध्यक्ष बनाउन सिटौला आफैंखटिएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गत महिना भएको डेमोक्रेटिक लयर्स एसोसिएसनमा सिटौला पक्षका योगेन्द्र अधिकारी विजयी भएका थिए। राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष सानुकाजी प्रजापति,राष्ट्रिय यातायात मजदुर संघका अध्यक्ष धर्म भण्डारी पनि सिटौला पक्षमा छन्। चिया बगान श्रमिक संघका विजयी सबै पदाधिकारी सिटौला समूहका थिए।

चिया बगान श्रमिक संघको नेतृत्व दीपक लामाले गरेका छन्। केन्द्रीय समितीमा अंक गणीतीय रुपमा सिटौला समूह कमजोर देखिए पनि मुद्धामा भने नेतृत्व गरिरहेको छ। प्रतिनिधि सभामा ‘सिंगल म्यान’ प्रतिपक्षको भुमिकामा गगन थापा उभिएका छन्। प्रतिपक्षीय भुमिकामा उनको तुलनामा अन्य नेताहरू कमजोर देखिएका छन्। 

१४ औं महाधिवेशन उन्मुख गतिविधि

गत महाधिवेशनमा हार बेहोरेको तेस्रो धारले १४ औं महाधिवेशनमा बलपूर्वक उपस्थिति जनाउने तयारीमा छ। १४ औं महाधिवेसनलाई मध्यनजर राख्दै सिटौलाले भेटघाटमा तीव्रता दिएका छन्। सिटौलाले मञ्चका भाषणहरूमा भन्दा नेता तथा कार्यकर्तासँगको आन्तरिक भेटघाटलाई प्राथमिकता दिने गरेको उनी निकट एक विद्यार्थी नेताले बताए। 

सिटौलाको बलले बनाएको ‘जिपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्र’ले तेस्रो समूहका कार्यक्रममा जोड दिएको छ। केन्द्रका अध्यक्ष बलदेव तिमल्सिनाले मुद्धाका आधारमा अन्य समूहसँग सहकार्य हुनसक्ने बताए। उनले भने ‘केन्द्रले तेस्रो धारकै कार्यक्रमलाई प्राथमिकता दिने हो ।’ आफू नजिकका संस्था मार्फत समूहको धारणा बाहिर ल्याउन सिटौला प्रयासरत छन्।

अर्को तर्फ युवा नेता प्रदिप पौडेलले तेस्रो धारको प्रतिनिधित्व गर्दै प्रजातन्त्र सेनानी सम्मान  गर्ने अभियान सुरु गरेका छन्। पौडेलको नेतृत्वमा ७७ वटै जिल्लामा पुराना कांग्रेस नेताहरूलाई सम्मान गर्ने जनाइएको छ। आगामी महाधिवेशनमा केन्द्रीत हुने गरी सिटौलाले सम्पर्क कार्यालय खोल्ने तयारी पनि गरेका छन्।

सिटौला नजिकका थापा र पौडेलले क्रमशः ज्ञानेश्वर र बालुवाटारमा सम्पर्क कार्यालय खोलिसकेका छन्। संस्थापन समूहमा १४ औं महाधिवेशनका लागि सभापतिका प्रत्यासीमा पुनः शेर बहादुर देउवा एक्ला दाबेदार  हुने सम्भावना छ।

तर, संस्थापन इतर समूहमा भने सभापतिका लागि एक्ला प्रत्यासी हुने सम्भावना कम छ। पौडेलसँगै पूर्व महामन्त्री प्रकाशमान सिंह, डा. शशांक कोइराला,शेखर कोइराला र अर्जुन नरसिंह केसी सभापति बन्ने लाइनमा छन्।

अर्कोतर्फ तेस्रो धारका सिटौला सभापतिका निर्विकल्प प्रत्यासी हुन्। संस्थापन इतर समूहको आन्तरिक बैठकमा सभापतिमा आंकाक्षी सबैले उम्मेद्वारी दिने छलफल हुने बताइएको छ। अन्तिम चरणमा दोस्रो हुने प्रतिस्पर्धीलाई मत दिने पूर्व शर्तसहित नेताहरूले छलफलमा विषय उठाउने गरेका छन्।

निर्वाचन पराजय पश्चात् संस्थापन समूहसँग टाढिएका नेता/कार्यकता, देउवा र पौडेल समूहमा रहेर पनि भुमिका विहिन बनाइएकाहरू तथा युवा पुस्ताहरूको उर्जाको साथले तेस्रोे धार बलशाली हुने प्रयासमा छ। 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित)
अमेरिकी कार्यवाहक राजदूतले किन भेटिन् प्रहरी आइजीपी ?
रशिदको पाँच विकेट खेर गयो, पाकिस्तानसँग ९६ रनले हार्दै नेपाल प्रतियोगिताबाट बाहिरियो
सम्बन्धित सामग्री
अमेरिकी कार्यवाहक राजदूतले किन भेटिन् प्रहरी आइजीपी ? भेटवार्ताका क्रममा विपद् प्रतिकार्य, विपद् पीडित पहिचान तथा सो क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा विस्तृत छलफल तथा कुराक... मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? भारत भ्रमणका क्रममा खिचिएको पछिल्लो फोटोले उनले आफ्नो टिम फेरबदल गरेका हुन् वा विस्तार गरेका हुन् भन्ने जिज्ञासा पैदा गरेको छ । मंगलबार, मंसिर ८, २०८३
प्रधानमन्त्रीले भारत भ्रमणबारे जनतालाई बताउनु पर्छ: कांग्रेस सभापति थापाले भ्रमणका सिलसिलामा नेपालका केही दीर्घकालीन हितका विषयहरूको सन्दर्भमा हामी केही पनि देखिरहेका छैनौँ भने । मंगलबार, मंसिर ८, २०८३
ताजा समाचारसबै
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित) मंगलबार, मंसिर ८, २०८३
अमेरिकी कार्यवाहक राजदूतले किन भेटिन् प्रहरी आइजीपी ? मंगलबार, मंसिर ८, २०८३
रशिदको पाँच विकेट खेर गयो, पाकिस्तानसँग ९६ रनले हार्दै नेपाल प्रतियोगिताबाट बाहिरियो मंगलबार, मंसिर ८, २०८३
मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध, सात जना पक्राउ मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्