काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार गृहमन्त्री रामबहादुर थापालाई बालुवाटार बोलाएर छलफल गरेका छन्। गत साता मात्र तत्कालीन माओवादीका बाल सैनिक लेनीन विष्टलाई अध्यागमन विभागले विदेश जान रोकेको विषयमा प्रधानमन्त्रीले गृहमन्त्रीसँग स्पष्टीकरण सोधेका थिए।
गृहमन्त्री थापा आइतबार अपरान्ह प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री र गृहमन्त्रीबीच भएको छलफलको विषय भने सार्वजनिक गरिएको छैन। तर प्रधानमन्त्रीसँग गृहमन्त्रीको भेटवार्ता भएको भने प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयले पुष्टी गरे।
लेनिनलाई विमानस्थलमा रोकिएको विषमया विषयमा चर्को आलोचना भैरहेका बेला गृहमन्त्री थापालाई प्रधानमन्त्री निवास बोलाइएको हो। यही विषयमा सर्वोच्च अदालत र मानव अधिकार आयोगमा समेत मुद्दा परेको छ।
बैंककमा हुने एक कार्यक्रममा सहभागी हुन जान लागेका क्रममा विष्टलाई एयरपोर्टमा रोकिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।