काठमाडौं– गायक टंक बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा सार्वजनिक गरेका छन्।
उनले ‘धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर सातवटा भाषामा सार्वजनिक गरेका हुन्।
शनिबार काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो। सातवटै भिडियो टंकको अफिसियल युट्युबमा सार्वजनिक छन्।
यो गीतमा शब्द र संगीत पनि टंककै छ। उनलाई स्वरमा गायिका अन्नु चौधरीले साथ दिएकी छन्।
टंक र अन्नुको यो पहिलो सहकार्य हो। गीतको भिडियोमा राहुल शाह र समिस्रिका परियारको नृत्य एवम् अभिनय छ। थारु भाषाको गीतको भिडियोमा भने गायक–गायिका टंक र अन्नु स्वयम्ले अभिनय गरेका छन्।
गीतको ६ वटा भिडियोको निर्देशक मोडल राहुल शाह नै हुन् भने छायांकन र सम्पादनको काम पवन सुस्लिङले गरेका छन्। थारु भाषाको गीतको भिडियोमा भने नवराज उप्रेतीको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।