काठमाडौं नेपाली कांग्रेस विधान मस्यौदा समितिले असोज १५ सम्ममा एकीकृत मस्यौदा बुझाउने समय पाएको छ।
विधान मस्यौदा समितिले आफ्नो कार्य प्रगतिका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले तीन उपसमिति गठन गरिएको बताए। संरचना, कार्य विभाजन र अन्य निकाय तथा आन्तरिक व्यवस्थापन उपसमिति गठन भएका हुन्। उप समितीका संयोजक र सदस्यहरु पनि तोकिएको उनले जानकारी गराए।
उपसमितिलाई मस्यौदा तयार गर्नको लागि एक साताको समय दिइएको छ। उपसमितिले बुझाएको प्रतिवेदनका आधारमा एकीकृत मस्यौदा मूल समितिले भदौ अन्त्यसम्ममा तयार गर्नेछ। असोजको पहिलो साता सातै प्रदेशमा छलफल तथा सुझाव संकलन गरिने लेखकले जानकारी दिए। असाेजकाे दाेस्राे साता समितिले विधानकाे मस्याैदालाई अन्तिम रुप दिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।