काठमाडौं–नेपाल विद्यार्थी संघ स्याड्जा–काठमाण्डौं सम्पर्क समिति विस्तार गरिएको छ। सम्पर्क समितिको प्रथम बैठकले विमल गैह्रे, विष्णु गैह्रे, माधव भण्डारी, नारायण अधिकारी, गोपी भण्डारी र समीक्षा अधिकारीलाई सदस्यमा थप गरेको हो।
पद्यकन्या कलेज बागबजारमा भएको कार्यक्रममा सम्पर्क समितिका सभापति दिपेन्द्र क्षेत्रीले विद्यार्थीहरूका जीवनमा आइपर्ने शैक्षिक, आर्थिक, स्वास्थ्यलगायतका समस्यामा समितिले सदैव सहयोग गर्ने बताए। जिल्लाबाट राजधानीमा आई अध्ययनरत विद्यार्थीलाई शैक्षिक नेतृत्व विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।