काठमाडौं– केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली डाक्टरमाथि चलाएको अपरेसनमा त्रिवि शिक्षण अस्पतालका डाक्टर पनि पक्राउ परेका छन्। त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरीलाई पनि पक्राउ गरिएको हो।
'अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा यसअघि प्रतिनिधिसभाका सांसद सुनिल शर्मा पक्राउ परिसकेका छन्।
अहिले पनि अपरेसन जारी रहेको छ। जसक्रममा अहिले थप दुई जना पक्राउ परेका प्रहरी उच्च स्रोतले जानकारी दियो।
पक्राउ पर्नेहरूमा बारा घर भएका त्रिवि शिक्षण अस्पतालका डाक्टर अमृत चौधरी, महोत्तरी घर भएका डाक्टर रञ्जितकुमार यादवसहितलाई पक्राउ गरेको स्रोतले जानकारी दियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।