• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत
टोकियोमा गुञ्जियो नेपथ्य
64x64
नेपाल लाइभ बिहीबार, साउन २५, २०८०  ११:२२
1140x725

टोकियो– मंगलबार बेलुकी तोयोसु पिट हलमा सबैभन्दा पहिलो आवाज मादलको थियो–

‘घिनिनिनि तिनिनिनि तिनिनिनि घिनिनिनि’

यो पूर्वी नेपालबाट संकलित हाक्पारेमा आधारित एउटा गीतको ताल थियो।

त्यसको लगत्तै किबोर्ड, गितार र ड्रमसेटको उच्च आवाजकै बीच गायक अमृत गुरुङले गाउन सुरु गरे–

‘कोशीको पानी यो जिन्दगानी सललल जाइ जाने हौ हजुर

आमाको कोखमा बासमात्रै लिएँ नि कुन देशको मरन हौ हजुर’

यसरी स्वदेश सम्झाउने गीतको भाव र रक कन्सर्टको उच्च तरंगले जापानको राजधानीमा तीन हजारभन्दा बढी दर्शकमाझ प्रारम्भबाटै हलचल मच्चिएको थियो।

त्यो क्रमलाई ‘भेँडाको ऊनजस्तो’ले झनै तीव्रता दियो। त्यसपछि आफ्नो सर्वकालिक हिट गीत ‘छेक्यो छेक्यो’ गाउन्जेल ब्याण्डले माहोलमा पूर्णतया कब्जा जमाइसकेको देखिन्थ्यो।

Ncell 2
Ncell 2

त्यसपछि अमृतले एकैछिन दर्शकसँग संवाद गर्न चाहे।

‘यो तीन दशकभन्दा लामो यात्रामा तपाईंहरूको नेपथ्य ब्याण्डले धेरै अनुभव पनि बोकेको छ,’ उनले विगत सम्झँदै भने, ‘यो टोकियो भूमिमै हाम्रो समूहका साथीहरुबीच साँगीतिकदेखि लिएर मिलन विछोडसम्मका अनेक यादहरु छन्।’

यसरी ब्याण्डका पुराना सदस्यहरुलाई एकपटक सम्झेर भावुक भएपछि लगत्तै अमृतले नेपथ्यकै सबैभन्दा पहिलो गीत सुनाए–
‘आँगनैभरि हिउँ नै झरे, आरु फूल टिपि राखे है’

अमृतले यो गीत गाइरहँदा मञ्चको पृष्ठ भागमा नेपथ्यका स्थापनाकालीन दिनहरूको तस्बिर देखाइएको थियो।

कार्यक्रममा अध्ययन, रोजगारी वा बसोबासका निम्ति गएका नेपालीहरुको उपस्थितीसँगै केही जापानी अनुहार पनि देखिन्थे। तिनैमध्ये टोकियोमै रेष्टुरेन्ट व्यवसाय चलाउँदै आएका नारुओ पनि थिए।

‘मैले एउटा बेग्लै र गजबको साँगीतिक साँझ अनुभूति गरेँ,’ नारुओ भन्दै थिए, ‘शब्द बुझ्न नसकेता पनि त्यसका भाव र संकेतहरु ठम्याउँदै रमाउन सकिने संगीत थियो।’

उनले कन्सर्ट अवधिभर आफूलाई समुद्रका छालहरूसँगै बगिरहेको जस्तो महशुस भएको पनि सुनाए।नेपाल पुगेका एक साथीले दिएको सुझावका आधारमा यो कन्सर्ट हेर्न आएको बताउने नारुओले आजसम्म आफू भने त्यो मुलुक घुम्न नपाए पनि यो कन्सर्ट हेरेपछि आफुमा घुम्न जाने अठोट भरिएको बताए।

कार्यक्रमको मध्यतिर ‘यो जिन्दगानी’ गीत सुनाउनुअघि अमृत फेरि बोल्न तम्सिए। त्यतिबेला उनले साँगीतिक मात्र नभई सामाजिक भूमिकामा पनि आफूलाई प्रस्तुत गर्दै आएको नेपथ्यबारे व्याख्या गरे।

‘समाजले बेहोर्नु परेका अनेक चूनौतिहरूकै क्षण हामीले आफ्नो भूमिका पनि फराकिलो पार्दै आएका छौं,’ उनले भने, ‘बालबालिका, शिक्षण संस्था, द्वन्द्वकालीन समाजका लागि समर्पित हुँदै आएका हामीले पछिल्लो समय भने मानवताका पक्षमा आफूलाई उभ्याएका छौं।’

बितेको एक वर्षदेखि मानव सेवा आश्रमसँग मिलेर ‘मानवताको लागि संगीत’ अभियान सुरु भएकोमा अहिले जापानको यात्रा पनि त्यसैको निरन्तरता रहेको उनले स्पष्ट पारे।

‘नेपालमा हिजोआज सडकमा आश्रित मानिसहरुको संख्यामा निकै कमी आएको छ,’ अमृतले भने, ‘जसका कोही हुँदैनन् उसैको पक्षमा उभिँदै हामी पनि तपाईंहरूसम्म आइपुगेका छौँ।’

स्थानीय समयअनुसार बेलुकीको ठीक साढे छ बजे सुरु भएको कन्सर्ट १६ वटा गीत र दुईवटा म्युजिक भिडिओ देखाएर दुई घन्टाभन्दा बढी अवधि चलेको थियो। सधैंझैँ अन्तिम लहरतिर प्रस्तुत हुने क्रमशः ‘मै नाचे छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अन्तिममा ‘रातो र चन्द्रसूर्य’ सम्म आइपुग्दा हलभरि जताततै दर्शकहरू नृत्य गरिरहेका देखिन्थे। 

‘टोकियोमा सप्ताहान्त बाहेकका दिन दर्शक जुटाउनै मुश्किल होला भन्ने लागिरहेको बेला मंगलबार आयोजित कार्यक्रम पनि भब्य र सभ्य रुपमा सम्पन्न भयो,’ स्थानीय आयोजक टोलीका सुभाष लामिछानेको प्रतिक्रिया थियो, ‘यो उपस्थिती देखेर सबै अचम्म मानिरहेका छौँ।’

सुभाषका अनुसार कन्सर्ट हेर्नका लागि परको जापानी सहर होकाइडो मात्र नभइ दक्षिण कोरियादेखि आएका दर्शकहरू पनि देखिन्थे।

सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो। पछिल्लो पटक भने पाँच वर्षअघि त्यहाँको प्रसिद्ध टोकियो डोममा ब्याण्डले लोकरक सुनाएको थियो।

मंगलबार बेलुकीको कार्यक्रममा अमृतलाई ध्रूव लामा (ड्रमसेट), सुरज थापा (किबोर्ड), सुबिन शाक्य (बेस गितार), निरज गुरुङ (गितार) र शान्ति रायमाझी (मादल) ले सघाएका थिए।

यसअघि जापानको तीनवटा सहरमा श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्ने योजना अनुरुप दुई दिनअघि यहाँ आइपुगेको १४ सदस्यीय नेपथ्य टोलीलाई नारिता विमानस्थलमा स्थानीय आयोजकहरूले स्वागत गरेका थिए।

टोकियो कन्सर्ट सम्पन्न भएसँगै अब आगामी प्रस्तुति फुकुओका सहरमा हुनेछ। साउन २७ गते (१२ अगस्त) त्यहाँस्थित ‘फुकुओका सिभिल हल’मा नेपथ्य गुञ्जनेछ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ११:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री ओली अस्वस्थ, सांसदसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयो
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा
सम्बन्धित सामग्री
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
हसन राईको ‘नायुमा’ म्युजिक भिडियो सार्वजनिक गायक हसनले अहिले सम्म करिव २ दर्जन बढी गीतहरु रेकर्ड गरिसकेका छन् । आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङ समेत गरिसकेका हसनले यो... बुधबार, वैशाख ३१, २०८२
स्मारिका ढकाल र पुरु भण्डारीको अभिनयमा “ढाँटछेउ कतिलाई” सार्वजनिक यस गीतलाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ र यसले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ । गीत प्रेम,... मंगलबार, वैशाख ३०, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री ओली अस्वस्थ, सांसदसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयो मंगलबार, जेठ ६, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै मंगलबार, जेठ ६, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य कति ? मंगलबार, जेठ ६, २०८२
तनहुँमा बस र टिप्पर आपसमा ठोक्किएः ७ जना घाइते मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन सोमबार, जेठ ५, २०८२
सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्