काठमाडौँ- स्किन केयर इसेन्सियल प्रालिले विभिन्न इसेन्सियल तेलहरूको बिक्री-वितरण सुरु गरेको छ। कम्पनीले छाला तथा कपालको हेरचाह, मसाज लगायतमा प्रयोग हुने रोज हिप, जोजोवा, लेमन ग्रास, पुचोली, फ्रंग्किन्सेंस, टी ट्री, लाभेनडर, आर्गन एसेन्सियल्स तेलको बिक्री सुरु गरेको हो।
विश्वको विभिन्न देशबाट आयात गरिएका यी तेलहरू ३० मिलिलिटरको एम्बर बोतलमा बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।
छाला तथा कपालको हेरचाहमा यस्ता तेलहरू प्रभावकारी देखिएका छन्। कस्मेटिक्सको जथाभाबी प्रयोग र न्यून गुणस्तरको कस्मेटिक्सको प्रयोगले हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नयाँ पिँढीहरूले कस्मेटिक्सको सीमित प्रयोग गर्न एसेन्सियल्स तेल सुरक्षित मानिन्छ।
एसेन्सियल्स तेलहरू छाला तथा कपालको हेरचाहसँगै मसाज गर्न समेत उपयुक्त मानिन्छ। सामान्य खत सफा गर्न, चायाँ पोतो सफा गर्न, डन्डिफोरको उपचारमा समेत एसेन्सियल्स तेलहरू प्रयोग भइरहेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।