• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत २५, २०८२ Wed, Apr 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संविधान दिवसलाई महोत्सव बनाउन प्रमको आग्रह

64x64
नेपाल लाइभ आइतबार, भदौ १७, २०७५  १०:०२
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने बताउएका छन्।

गृह मन्त्रालयमा आज संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लामो संघर्ष र बलिदानबाट ल्याइएको राष्ट्रको सबैभन्दा ठूलो पर्व संविधान दिवसलाई महोत्सवका रुपमा मनाइनुपर्नेमा जोड दिए।

'संविधान दिवसलाई हाम्रा चाड, उत्सव र दिवसमध्ये राष्ट्रको साझा दिवसका रुपमा मनाइनुपर्छ किनकि हाम्रो संघर्ष र बलिदानको सम्मानको खातिर प्राप्त उपलब्धिलाई संस्थागत गर्दै भविष्यको बाटो सुनिश्चित गर्ने काम संविधानले गर्छ, त्यसैले दिवसलाई तदअनुसार नै राष्ट्रिय साझा दिवसका रुपमा मनाइनुपर्छ', प्रधानमन्त्रीले भने।

संविधान दिवसलाई सरकारी कर्मकाण्डीका रुपमा मात्रै सीमित गर्न नहुने बरु यसलाई जनस्तरमा पुर्‍याइनुपर्ने उनको भनाइ थियो।  भने, 'सरकारी कार्यक्रम कर्मकाण्डी भए। जनताले अनुभूत गर्न पाएकै छैनन्। संविधान दिवस एउटा व्यक्तिको जन्मदिन मनाएजस्तो होइन, यसलाई पृथक ढङ्गले मनाउनुपर्छ।'

प्रधानमन्त्री ओलीले धेरै ठूलो असहज र अप्ठ्यारोबाट संविधान जारी गरी कार्यान्वयनको दिशामा अघि बढेको र त्यसअनुसारको संरचना बनेको उल्लेख गर्दै यसको सम्बर्द्धनमा दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीले विद्यालय तहदेखि नै संविधानका बारेमा जानकारी गराउन आग्रह गर्दै कवि, लेखक कलाकार आदिमार्फत स्वतःफूर्त ढंगले रचनात्मक क्रियाकलाप गर्न सम्बद्ध निकायलाई निर्देशन दिए।

प्रधानमन्त्रीले भने, 'संविधान र समृद्धिका विषयमा कवि गोष्ठी गर्नुस्। संघीय संसद भवनको अगाडि नेपालको संविधानको स्मारक राखौं, यस्ता खाले कार्यक्रम जनव्यापी हुने र भविष्यमा पनि स्मरणमा रहने हुन्छन्। यस्ता राष्ट्रिय कार्यक्रम जनताको भएकाले जनस्तरमा पुर्‍याउनुपर्छ। यो हाम्रो सुन्दर भविष्यको रेखांकन गरिएको कार्यक्रम भएकाले धूमधामसँग जनस्तरमै मनाइनुपर्छ। शहर, नगरपालिका झाँकीमय हुनुपर्छ, धूनमय बन्नुपर्छ, गाउँ, टोल आफ्नो पहिचानका साथ जुट्नुपर्छ, अनि मात्र यसको सार्थकता झल्किन्छ।' 

प्रमको अध्यक्षतामा मूल समिति

nimb
nimb
Ncell 2
Ncell 2

आगामी असोज २, ३ र ४ गते संविधान दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। समितिमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, उपसभामुखलगायत ३३ सदस्य छन्।

त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा २२ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति र काठमाडौंका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ।

सो अवसरमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले संविधान दिवस, मूल समारोह समितिको कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त कार्यक्रमअनुसार असोज २ गते काठमाडौँंउपत्यकाभित्रका सबै सरकारी कार्यालय, महानगरपालिका र नगरपालिकाले आआफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झण्डा एवं ब्यानर सजाई नगरको शृङ्गार र सरसफाइ गर्ने एवं मुलुकभरका सरकारी कार्यालय तथा नागरिकले घरघरमा सरसफाइ र दीपावली गर्नेछन्।

राष्ट्रिय सञ्चारमाध्यममा संविधानको विषयमा केन्द्रित रही विशेष परिसंवादलगायत कार्यक्रम प्रसारण– प्रकाशन गर्ने तथा राष्ट्रिय खेलकूद परिषदबाट म्याराथुन तथा क्रिकेट खेलको आयोजना र साँझ दीपावली गरिने कार्यक्रम छ।

असोज ३ गते सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिनेछ जहाँ राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहनेछ। 

बिहान नेपाली सेनाद्वारा बिगुल(रिभ्याली) बजाउने, नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइ (स्याल्भो र भली फायर) गर्ने कार्यक्रम छ। रासस

यस्तै असोज ४ गते सबै जिल्लामा वृक्षरोपण, रेडियो नेपालबाट जागरण गीत सम्मेलन तथा स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रसको समन्वयमा मुलुकभरी खुला रक्तदान कार्यक्रम गरिनेछ । विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्यदूतावासमा पनि संविधान दिवस मनाइने तथा असोज २, ३ र ४ गते साँझ दीपावली गरिनेछ छ । काठमाडौँ उपत्यका बाहिरका प्रदेशका राजधानी केन्द्र, जिल्ला र स्थानीय तहमा संविधान दिवस जिल्ला समारोह समिति गठन गरी सरसफाइ, प्रभातफेरी, खेलकूद, प्रवचन र साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनीजस्ता विविध कार्यक्रमका साथ संविधान दिवस मनाइने र तीन दिन साँझ दीपावली गरिनेछ । रासस

प्रकाशित मिति: आइतबार, भदौ १७, २०७५  १०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्रीलाई मातृशोक
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक सम्पन्न
सम्बन्धित सामग्री
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक सम्पन्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असिम शाहको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधन बहस... बुधबार, चैत २५, २०८२
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुन’ आग्रह सामाजिक सञ्जालमार्फत उक्त जानकारी थाहा पाएको उल्लेख गर्दै उनले यससम्बन्धी प्रचारप्रसार भ्रामक र आधारहीन रहेको बताएका हुन्। बुधबार, चैत २५, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार बसेको कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको सं... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन बुधबार, चैत २५, २०८२
कोशी प्रदेशका मुख्यमन्त्रीलाई मातृशोक बुधबार, चैत २५, २०८२
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक सम्पन्न बुधबार, चैत २५, २०८२
मानव इतिहासमा सबैभन्दा टाढाको यात्रा सम्पन्न बुधबार, चैत २५, २०८२
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुन’ आग्रह बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्