काठमाडौं– पत्रकार प्रसुन संग्रौलाले नयाँ गीत ‘ए हावा’ सार्वजनिक गरेका छन्।
शुक्रबार आफ्नो युट्युव च्यानलमार्फत् उनले दोस्रो गीत सार्वजानिक गरेका हुन्। पाँच वर्षअघि प्रसुनको पहिलो गीत ‘तिम्रो लागि’ रिलिज भएको थियो।
प्रसुनकै शब्द तथा संगीत रहेको गीतलाई गायक तथा संगीतकार उज्ववल सागरले एरेन्ज गरेका छन्।
गीतको मिक्सिङ र मास्टरिङ रिदम कँडेलले गरेका छन् भने लिरिकल भिडिओलाई गणेश भट्टराईले सम्पादन गरेका छन्।
भिडिओमा शाश्वत पन्तको ग्राफिक्स रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।