काठमाडौं– गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’ को अफिसियल म्युजिक भिडिओ सार्वजनिक भएको छ।
गीतमा विनोद पछाईको संगीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मिन विष्टको मिक्सिङ तथा मास्टरिङ छ।
भिडियोमा मोडल आभा थापा र बद्रीप्रसाद तिवारी फिचर्ड छन्। निसान घिमिरेको सम्पादन तथा निर्देशन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र सुवास तिमिल्सिनाको मेकअप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।