काठमाडौं– शीर्ष तहका नेताहरु विदेश भ्रमणमा जाने भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक पुनः सर्ने भएको छ।
तल्लो तहका कमिटी तथा भातृ संगठनको एकता प्रक्रिया टुंग्याउन नसकेपछि भदौ ८ र ९ मा तोकिएको बैठकलाई भदौ १९ र २० को लागि तय गरिएको थियो। यस अवधिमा नेताहरुको विदेश भ्रमण र नेताहरुको विदेश भ्रमण परेकोले भाद्र २६ र २७ लाई नयाँ मिति तोकिएको हो।
वरिष्ठ नेता माधव कुमार नेपाल अमेरिकामा छन् भने प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन जाँदैछन्। स्थायी समिती सदस्य देवेन्द्र पौडेलले भने– ‘केही नेता विदेश छन् भने केही जाँदैछन्।'
भदौ ७ सम्म प्रदेश जिल्ला तथा भातृ संगठनको एकता प्रक्रिया टुङ्ग्याउन केन्द्रले निर्देशन गरे पनि एकीकरण प्रक्रिया सकिएको छैन। पार्टी सचिवालयले सहमति भए सोही अनुरुप र हुन नसके पनि प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।