काठमाडौं– एसिया कप छनोट अन्तर्गत मलेसियामा जारी चौथो खेलमा नेपालले सिंगापुरलाई १ सय ५१ रनमा समेटेको छ।
युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ५० ओभरको खेल सकिन ८ ओभर बाँकी रहँदा मलेसिया १ रनमै ५१ रनमै समेटिएको हो।
सिंगापुरलाई सस्तैमा रोक्न नेपालका युवा लेगस्पिनर सन्दिप लामिछाने र ललित नारायण राजबंशीले ३/३ विकेट लिए। यस्तै, सोमपाल कामीले २ विकेट र वसन्त रेग्मीले १ विकेट हात पारे। सिंगापुरका एक खेलाडी रन आउट भएका थिए।
सिंगापुरका लागि चेतन रामचन्द्र सूर्यबंशीले सर्वाधिक ६० रन बनाए। ८८ बल खेलेका उनले ललित राजबंशीको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि ८ चौका र १ छक्का प्रहार गरेका थिए।
यस्तै, अनिश पारामले ३१ रन र कार्तिकेयन सुब्रमन्नियमले २० रन बनाउनुबाहेक सिंगापुरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
१ सय ५२ रनको लक्षसहित नेपाल अहिले ब्याटिङ गरिरहेको छ।
आज सिंगापुरलाई फराकिलो अन्तरमा हराउँदै नेपाल उत्कृष्ट २ भित्र पर्दै फाइनलको यात्रा तय गर्ने तयारीमा छ।
एसिया कप छनोटको आशा जिवितै राख्न आज नेपालले सिंगापुरलाई फराकिलो अन्तरमा हराउनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।