• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

डा शम्भु आचार्यको यात्राः पाल्पादेखि जेनेभासम्म

64x64
दुर्गा दुलाल सोमबार, साउन २२, २०८०  १६:४०
1140x725

काठमाडौं- रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तेस्रो तलामा रहेको एउटा साँघुरो कक्षमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदका उम्मेदवार डा शम्भु आचार्य ल्यापटप चलाइरहेका थिए।

विश्व स्वास्थ्य संगठनको मुख्यालयमा सबैभन्दा उच्च ओहोदामा पुगेर काम गर्ने नेपालीमध्ये सम्भवत: उनी नै पहिलो हुन्। हामीसँग कुराकानीका लागि समय दिएका डा आचार्य शुक्रबार मन्त्रालयको एउटा साँघुरो कोठामा सानो टेबलमा थिए। स्वास्थ्य राज्यमन्त्रीको कक्षभन्दा बाहिर रहेको कक्षमा एउटा टेबुलमा उनी ल्यापटप चलाउँदै बसिरहेका थिए।

सरकारले विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाको क्षेत्रीय निर्देशकका लागि नेपालको तर्फबाट उम्मेदवारी मनोनयन गरेपछि उनी केही दिनदेखि सोही कोठामा बसेर काम गरिरहेका छन्।

०००
विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा ११ वटा देश पर्छन्। जसमा नेपाल, भारत, भुटान, श्रीलंका, मालदिभ्स, म्यानमार, थाइल्याण्ड, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया र टिमोर लिस्टे रहेका छन्। हालसम्म दक्षिण पूर्वी एसियाको क्षेत्रीय निर्देशकका लागि नेपालका डा आचार्य र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजिदले उम्मेदवारी दर्ता गराएका छन्।

नेपालका डा आचार्य जनस्वास्थ्य क्षेत्रका विज्ञ हुन्। उनलाई ‘दूरदर्शी जनस्वास्थ्य नेता’का रुपमा चिनिन्छ। क्षेत्रीय निर्देशक पदका लागि दुई जनाको उम्मेदवारी परेका कारण यस पटक सदस्य राष्ट्रहरुको मतदानबाट निर्देशक चयन हुने सम्भावना देखिएको छ। मतदानमा ११ वटै देशले मतदान गर्नेछन्। 

अहिले दक्षिण पूर्वी एसिया निर्देशकमा भारतकी पुनम क्षेत्रपाल सिंह छन्। उनी दोस्रो कार्यकाल क्षेत्रीय निर्देशकको रुपमा काम गरिरहेकी छन्। सन् २०१४ मा पहिलो पटक निर्विरोध भएकी उनी २०१८ मा पनि निर्विरोध भएकी हुन्। 

०००
डा आचार्य जेनेभामा डब्लुएचओ मुख्यालयका महानिर्देशक डा टेड्रोस अधानोम गेहब्रेयस मातहतकै विभागमा उनकै सुपरिवेक्षणमा काम गर्छन्। हाल बिदामा नेपाल आएका उनी स्वास्थ्य मन्त्रालयमा हामीसँग कुराकानी गर्नुअघि डा टेड्रोससँग जनस्वास्थ्यका विभिन्न विषयमा छलफल गरिरहेका थिए। 

डा टेड्रोससँगको छलफल सकिएपछि उनले नेपाल लाइभसँग कुरा सुरुवात गर्दै आफू नेपालसहित दक्षिण पूर्वी राष्ट्रको स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्छ भन्ने पवित्र उद्देश्यले र केही मुल लक्ष्य बोकेर क्षेत्रीय निर्देशकको पदका लागि आफूले उम्मेदवारी दिएको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘नेपाल सरकारले मलाई मनोनयन गरिसकेको छ। अब औपचारिक रुपमा सार्वजनिक भएसँगै थप प्रक्रिया अगाडि बढ्छ,’ उनले भने, ‘म सँग नेपालसहित यस क्षेत्रको स्वास्थ्यमा काम गर्नुपर्ने विषयहरुको भिजन छ, त्यसका लागि मैले एजेन्डाहरु पनि तयार पारेको छु।’ उनले उक्त पदमा आफू निर्वाचित हुन सके दक्षिण एसियाका साथै नेपालका लागि धेरै लाभ पुग्ने पनि बताए।

उच्च पदमा पुग्ने पहिलो नेपाली 
विश्व स्वास्थ्य संगठनको उच्च तहमा रहेर नीतिगत तहमा काम गर्ने डा आचार्य पहिलो नेपाली हुन्। आचार्य लामो समयदेखि डब्लूएचओको मुख्यालय जेनेभास्थित कार्यालयको ‘कन्ट्री स्ट्राटेजी एन्ड सपोर्ट विभाग’ को निर्देशकका रूपमा काम गर्दै आएका छन्। 

अहिलेसम्म कुनै पनि नेपाली डब्लूएचओ मुख्यालयको उच्चस्तर मानिएको यो पदमा पुग्न सकेका थिएनन्। उक्त विभाग डब्लूएचओका महासचिव डा टेड्रोसको कार्यालय अन्तर्गत पर्छ। 

डब्लूएचओका बहुक्षेत्रीय कार्यक्रमका लागि रणनीतिक दिशा र भिजन दिने काम गर्नका लागि उनलाई उक्त पद दिइएको हो। उनले डब्लूएचओका अन्य उच्च अधिकारीहरुसँग विश्वस्तरका डायलगहरुमा समेत सहभागिता जनाउनुपर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

डा आचार्यले संगठनको व्यवस्थापनलाई उच्चस्तरीय सल्लाह सुझाव दिनुका साथै दिशानिर्देश पनि गर्नुपर्ने हुन्छ। डा आचार्यले सन् १९९९ देखि विश्व स्वास्थ्य संगठनको उच्च तहमा रही काम गरिसकेका छन्।
नेपाल लाइभसँग कुरा गर्दै डा आचार्यले नेपाली भएर डब्लूएचओको उच्च पदमा पुगेर काम गर्न पाउनु गौरवको कुरा भएको बताए। उनले आफू मुलुकको स्वास्थ्य क्षेत्र सुधारका लागि चाहिने सुझाव-सल्लाह दिन सधैंभर तयार रहेको बताए।

‘म जहाँ पुगेको छु त्यसमा धेरै सन्तुष्ट छु। अहिलेसम्म जे पाएको छु त्यसमा धेरै खुसी छु,’ उनले भने, ‘अब देश र जनतालाई केही गर्न सक्छु कि भनेर आएको हुँ।’ 

परिवार नियोजन संघदेखि डब्लूएचओसम्म 
आचार्यको जन्म पाल्पाको भुटुका गाउँमा भएको हो। उनले औपचारिक शिक्षा पाल्पाबाटै सुरु गरे। विद्यालयस्तरीय शिक्षा उनले त्यहीँ पूरा गने भने उच्च शिक्षाका लागि काठमाडौं आए। पाल्पाको सामान्य विद्यालयमा अध्ययन गरेर आएका आचार्यले विदेश अध्ययनसम्मको अवसर पाए। विदेश अध्ययन गरेर उनी उतै बस्न सकेनन्। नेपालको माया लागेर नेपालमै केही गर्ने सोच राखेर फर्के। फर्के लगत्तै उनले चाहेको जस्तो काम गर्न पाएनन्।

सुरुमा उनले बाँसवारी छाला जुत्ता कारखानामा काम गरे। तर उनलाई त्यहाँ सन्तुष्टि मिलेन। उनले चाहे जस्तो काम नभएपछि उनले त्यहाँबाट अलग हुने सोचाइ बनाए। त्यसपछि छाला जुत्ता कारखानाको जिम्मेवारी त्यागे। 

‘अनि त्यहाँ छोडेर मैले परिवार नियोजन संघमा काम गर्न थालेँ,’ उनले भने, ‘यसले मलाई अलि सन्तुष्टि दियो। हुन त त्यो समयमा म परिवार नियोजनमा काम गर्छु भन्नु आफैंमा अप्ठ्यारो कुरा थियो। तर  नागरिकसँग प्रत्यक्ष जोडिएर काम गर्न पाउँदा निकै खुसी थिएँ।’ 

उनलाई यसले धेरै अनुभव दियो। यही बीचमा अमेरिका पढ्न जाने मौका पाए। अमेरिकाको इन्डियानास्थित बल स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर पूरा गरे। त्यसपछि गिलिङ्स स्कुल अफ ग्लोबल पब्लिक हेल्थ युनिभर्सिटी अफ नोर्थ क्यारोलिना अमेरिकाबाट स्वास्थ्य नीति तथा व्यवस्थापन विषयमा विद्यावारिधि गरे। यो उनका लागि ठूलो अवसरको ढोका खोल्ने बाटो थियो। भयो पनि त्यस्तै। उनी पीएचडीको अन्तिमतिर थिए। विश्व बैंकमा काम गर्ने सोचिरहेका थिए। त्यही अनुसारको कोसिस पनि गरे। उनले सुरुमा इन्टर्नको रुपमा काम पाए। 

आचार्यले विश्व ब्याङ्कको वासिंगटनस्थित कार्यालय हुँदै बंगलादेशको ढाकामा परामर्शदाताका रुपमा काम गरे। उनले जनस्वास्थ्यमा आफ्नो करिअर नेपालबाट सुरु गरेका हुन्। उनले परिवार नियोजन संघ नेपालको फिल्ड डिभिजनको निर्देशकको रुपमा रहेर काम गर्दै बंगलादेशमा आफ्नो करिअर विस्तार गरे। 

संघमा काम गरिरहँदा उनलाई यति ठूलो पदमा पुग्छु भन्ने लागेको थिएन। तर सानैदेखि अरुभन्दा फरक काम गर्ने चाहना राख्ने आचार्य महत्वाकांक्षी स्वभावका थिए। उनी बंगलादेशमा काम गर्दागर्दै विश्व स्वास्थ्य संगठनमा जोडिन पुगे। ‘युवा उमेरको भएकाले मलाई  सुरुमा  २ वर्षका लागि  डब्लूएचओले राखेको थियो। ‘म जम्मा ३३ वर्षको मात्र थिएँ,’ उनले उत्साही हुँदै विगत सुनाए, ‘प्रोगाम म्यानेजरको रुपमा काम गर्न थालेको फुर्तिलो युवा देखेर मलाई थप २ वर्ष गरी ४ वर्ष काम गर्ने अवसर दिइयो।’ 

त्यसपछि उनलाई डब्लूएचओमै भारतमा काम गर्ने प्रस्ताव आयो।  भारतमा २ वर्ष काम गरे। भारत लामो समय बस्ने विचार थियो तर उनलाई अवसरले त्यहाँ बस्न दिइएन। 

‘केही समय भारतमै बसेर काम गर्ने सोच बनाएको थिए। तर यो सम्भव भएन,’ उनले सुनाए, ‘भारतमा कार्यरत रहेको १ वर्षमै तत्कालीन महासचिवले हेडक्वार्टरमा आउने प्रस्ताव राख्नुभयो। मैले अस्वीकार गर्न सक्ने अवस्था नै भएन। किनकि, त्यो मेरा लागि झन् ठूलो अवसर थियो।’ 

त्यसपछि आचार्य डब्लूएचओको  मुख्यालय पुगे र महासचिवको मातहतमा रहेर काम गर्न थाले। ‘सुरुमा २ वर्षका लागि म हेडक्वार्टर पुगेको थिएँ,’ उनले भने, ‘तर मैले त्यहाँ सदस्य राष्ट्रहरुका लागि  सहायता रणनीति बनाउन थालेँ। सन् २०१५ मा मैले निर्देशकको रुपमा जिम्मेवारी पाएँ। नयाँ महासचिव टेड्रोस आएपछि आफू फर्कन खोजेको तर उनले नदिएको बताए। 

नयाँ महासचिवले कार्ययोजना माग्दा आफूले दिएको तीन बुँदा मन परेपछि टेड्रोसले फर्कन नदिएको स्मरण डा आचार्यले सुनाए। उनलाई महासचिवलाई सिधै रिपोर्ट गर्ने गरी मुख्यालयमा काम दिइयो। उनी अहिले पनि त्यही जिम्मेवारीमा रहेर काम गर्दै आएका छन्। यो सँगै उनको नेपाल फर्कने वा अन्य देश जाने कुरा समाप्त भयो।  

‘तर अब यो मेरा लागि देशका लागि केही गर्ने अवसर हो,’ डा आचार्यले भने, ‘सरकारले लविङ गरिरहेको छ। मेरो नीति तथा कार्यक्रमहरु पनि मैले तयार गरेको छु। अब भोटिङ गर्ने सदस्य मुलुकहरूको विश्वास प्राप्त गरेमा म दक्षिण एसियाका लागि केही नयाँ गर्ने सोचमा छु।’ 

उनले स्वास्थ्य नीति र वित्त पोषण, रणनीति विकास, नीति संवाद, प्राविधिक सल्लाह र विभिन्न देश तथा डब्लूएचओको कार्यालयका लागि कार्यक्रम व्यवस्थापनको क्षेत्रमा रहेर काम गरेका छन्।

पछिल्ला वर्षहरुमा उनले विश्व स्वास्थ्य संगठनका विभिन्न देशस्थित कार्यालयको व्यवस्थापन सबल बनाउन, क्षेत्रीय र राष्ट्रिय तहमा सहकार्य गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।

संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव बान कि मुनले १ नोभेम्बर २०१६ मा उनलाई यूएन सिस्टम स्टाफ कलेजको बोर्ड सदस्यका रुपमा दुई वर्षका लागि मनोनित गरेका थिए। उनको कार्य क्षमतालाई कदर गर्दै महासचिव एन्टोनियो गुटेरसले कार्यकाल ३१ अक्टोबर २०१९ सम्मका लागि बढाएका थिए। 

डा आचार्यका स्वास्थ्य नीति र पद्धति विकास एवं अन्य सार्वजनिक स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अनुसन्धानमुलक लेखहरु प्रकाशित छन्। पाल्पाको भुटुकामा जन्मिएका आचार्यले ३३ वर्ष पहिले देश छाडेका थिए। उनका बाबुआमा काठमाडौं बसुन्धारामा बस्दै आएका छन् भने तीन छोरी अमेरिकामा कार्यरत रहेका छन्।

उनले श्रीमतीलाई क्यान्सरका कारण छिट्टै गुमाए। उनको विचारमा नेपालले स्वास्थ्य क्षेत्रमा राम्रै गरेको छ, तर यसमा अझै धेरै गर्न सकिने अवस्था छ। 

स्वास्थ्यका समग्र सूचकहरु सकारात्मक भएको तथा बालबालिका, महिला र सुत्केरीको हकमा थप काम गर्नुपर्ने आफूले पाएको उनले बताए। त्यस्तै अबको चुनौती भनेको संघीय शासन व्यवस्थामा कसरी  स्वास्थ्यलाई प्रभावकारी बनाएर, मिलाएर लैजाने भन्ने देखेको उनले बताए।

सदस्य राष्ट्रहरुको समर्थन पाएर विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा निर्वाचित भएमा दक्षिण तथा दक्षिण पूर्वी एसियामा बसोबास गर्ने झन्डै दुई अर्ब जनताको स्वास्थ्यमा सुधार ल्याउन पाँच बुँदे रणनीति डा आचार्यले तयार गरेका छन्। 

गर्वका साथ हरियो नेपाली पासपोर्ट बोकेर संसारभरिको यात्रा गर्ने डा आचार्यले पाल्पादेखि जेनेभा हुँदै दिल्ली पुग्ने आफ्नो अभियानमा नेपाल सरकार र नेपाली जनताको साथ, सहयोग र समर्थनको अपेक्षा गरेका छन्।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित मंगलबार, असोज २७, २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण मंगलबार, असोज २७, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्