• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

युरोप पठाउने नाममा लाखौं ठगी

64x64
कल्पना घिमिरे शनिबार, साउन २०, २०८०  ०९:१९
1140x725

काठमाडौं– पोल्याण्ड पठाइदिन्छु भन्दै रू एक लाख २० हजार ठगी गरेको आरोप लागेका पाल्पाका पुरण अस्लामीलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयले मंगलबार पक्राउ गर्‍यो।

अस्लामीले धनञ्जय चौधरीलाई पोल्याण्ड पुगेपछि होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभन देखाएर ८ लाख रुपैयाँ माग गरेका थिए। तर एक लाख २० हजार रुपैयाँ पाएपछि अस्लामी एकाएक सम्पर्कविहीन बने। त्यसपछि चौधरीले वैदेशिक रोजगार विभागमा खबर गरे।

विभागले पक्राउ गर्न आदेश गरेपछि गोकर्णेश्वरबाट सोमबार पक्राउ गरेर मंगलबार वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।

यो भन्दा दुई दिनअघि मात्रै द नेदरल्याण्डस पठाइदिन्छु भन्दै ६ जनालाई ४४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा महोत्तरीका कपिल बर्मालाई अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो। महोत्तरी जलेश्वर–१३ स्थायी घर भएका बर्मा काठमाडौंको शान्तिनगरमा बस्दै आएका थिए। बर्माले द नेदरल्याण्डस पुगेपछि सुपरमार्केटमा स्टोरकिपरको काम लगाइदिने र मासिक तलब दुई लाखभन्दा बढि हुन्छ भन्दै प्रलोभनमा पारेर प्रतिव्यक्ति १२ लाख लिएका थिए। 

गत १० गते क्रोएशिया पठाउँछु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा पचलन राई पक्राउ परे। राईले समरबहादुर परियारलाई क्रोएशियामा मासिक एक लाख रुपैयाँ कमाइ हुने भन्दै प्रलोभन देखाएर रकम लिएर फरार रहेका थिए। सोही दिन पोल्याण्ड पठाउँछु भन्दै आठ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेका अनन्तप्रकाश श्रेष्ठलाई पनि कार्यालयले पक्राउ गरेको थियो। उनीमाथि योगेन्द्रबहादुर साउदलाई पोल्याण्डमा २ लाख तलब हुने कम्पनीमा काम लगाइदिन्छु भन्दै १२ लाख रुपैयाँ लिएको आरोप लागेको थियो। 

यी भए चालू आर्थिक वर्ष २०८०/२०८१ यताका ठगीका उजुरी। वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक लगायतका अन्य विकसित मुलुकमा जाने नेपाली ठगीमा पर्ने गरेका छन्। युरोपियन मुलुकमा कमाइ राम्रो हुने भन्दै युवाहरुलाई प्रलोभनमा पारी ठगी गर्ने प्रवृत्ति बढ्दै गएको कार्यालयका प्रवक्ता रेग्मी बताउँछन्। यसरी ठगी गर्नेलाई वैदेशिक रोजगार विभाग र काठमाडौं अपराध अनुसन्धान कार्यालयको समन्वयमा कारबाही गरिँदै आएको उनको भनाइ छ।

अहिले कार्यालयमा ठगीका निवेदनको चाङ लाग्ने गरेको उनले बताए।  ‘यस्ता ठगीका थुप्रै निवेदन आउने गरेका छन्। यस्तो किसिमको ठगी गर्नेलाई निवेदनका आधारमा पक्राउ गरी कारबाही गर्ने गरेका छौं,’ उनले भने।

उनका अनुसार आर्थिक वर्ष  २०७९/२०८० को असार मसान्तासम्म ४०३ ओटा ठगीका निवेदन कार्यलयमा परेका छन्। जसमध्ये आर्थिक वर्ष २०७९/०८० को जेठ महिनासम्ममा १७६ निवेदन कार्यालयमा परेका छन्। उक्त निवेदनका अनुसार पीडितको ठगीको बिगो कूल १३ करोड ५३ लाख २८ हजार एक सय रुपैयाँ रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

जसमध्ये ८ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ। जसको २ करोड  ५९ लाख १८ हजार दुई सय रुपैयाँ  मुद्दा बिगो दाबी गरेको छ। कार्यालयले ५८ जनालाई पक्राउ गरी कारबाहीसमेत गरेको छ भने उक्त क्रममा ५८ जनासँग २१ लाख २३ हजार रुपैयाँ बिगो दाबी गरेको छ। यस्तै अवैध रुपमा लाओस पुगेका १३ जना नेपालीलाई गत माघ १० गते लाओसबाट फिर्ता ल्याइएको कार्यालयले जनाएको छ।

अपराध अनुसन्धान कार्यलयमा दर्ता भएका महिनागत दिवेदनहरु:

सि=नं=

महिना

निवेदन संख्या

मुद्दा दर्ता संख्या

बिगो

मुद्दा बिगो

पक्राउ तथा कारबाही संख्या

असुल बिगो

अ=अ जारी

१

साउन

८

 

५०,३६,०००

 

३

८,००,०००

५

२

भदौ

२

 

३,८९,०००

 

 

 

२

३

असोज

१

 

३०,००,०००

 

२

 

१

४

कात्तिक

२

 

२,१०,०००

 

१

५०,०००

१

५

मंसिर

७

 

२,८७,२०,०००

 

२

२,२०,०००

५

६

पुस

२१

२

२,४४,५५,०००

१,७०,०६,०००

१

६०,०००

१८

७

माघ

१२

 

६१,९६,०००

 

३

१०,२५,०००

९

८

फागुन

२५

३

२,२७,२१,२००

१५,००,०००

१०

१,१२,६०,०००

१२

९

चैत्र

४८

१

१,७१,७२,९००

 

१८

८४,३२,९००

२९

१०

बैशाख

२५

१

२,०२,००,०००

६६,३७,०००

११

१,०८,५७,०००

१३

११

जेठ

२५

१

७२,२८,०००

७,७५,२००

९

२१,२३,०००

१५

१२

असार

 

 

 

 

 

 

 

 

जम्मा

१७६

८

१३,५३,२८,१००

२,५९,१८,२००

५८

३,४८,२७,९००

११०

स्रोतः काठमाडौं अपराध अनुसन्धान कार्यालय मिनभवन

सोही आर्थिक वर्षको असार मसान्तसम्ममा विभागबाट विदेश पठाउने नाममा ठगी गर्ने २२० जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ। जसमध्ये ६४ जना पुरुष र १७ जना महिला गरी ८१ जना पक्राउ परेका छन्। जसको मुद्दामा बिगो २ करोड २२ लाख २८ हजार सात सय रुपैयाँ तोकिएको छ।
             
विभागबाट प्राप्त पक्राउ पुर्जीको सम्बन्धमा भए/गरेका महिनागत कार्य विवरण:

 

सि=नं=

महिना

पक्राउ पुर्जी संख्या

पक्राउ संख्या

पुरुष

महिला

बिगो

१

साउन

१७

८

७

१

१,५६,००,०००

२

भदौ

४

४

२

२

५१,७५,०००

३

असोज

५

३

२

१

६५,००,०००

४

कात्तिक

११

 

 

 

 

५

मंसिर

६

३

२

१

६२,००,०००

६

पुस

१७

४

४

 

१,७२,६२,०००

७

माघ

३७

८

६

२

१,५५,००,०००

८

फागुन

२६

६

४

२

४२,००,०००

९

चैत्र

२५

४

३

१

१,४३,००,०००

१०

बैशाख

४६

२६

२१

५

११,९७,३४,०००

११

जेठ

१८

१०

८

२

१,३५,१६,०००

१२

असार

८

५

५

 

४३,००,०००

 

जम्मा

२२०

८१

३४

१७

२२,२२,८७,०००

स्रोतः काठमाडौं अपराध अनुसन्धान कार्यालय मिनभवन
यस्तै वर्षभरीमा काठमाडौं बाहिरबाट समन्वय गरी ६ पुरुष र १ महिला गरी ठगीमा संलग्न ७ जना पक्राउ गरिएको छ। जसमध्ये कात्तिकमा बाराका १ पुरूष, माघमा धादिङकी १ महिला, फागुनमा मकवानपुर र पूर्वी नवलपरासीका १/१ पुरुष, वैशाखमा रौतहट र झापा जिल्लाका १/१ पुरुष र जेठमा नवलपरासी पूर्वकै १ पुरुष पक्राउ परेका छन्।

सचेत रहन मन्त्रालयको आग्रह
युरोपका नाममा युवा ठगिने क्रम बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्तिमार्फत् सचेत गराएको छ। मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीका लागि विभिन्न प्रलोभनमा पारेर ठगी गरेको पाइएकाले त्यसप्रति सचेत रहन आग्रह गरेका छन्।

पछिल्लो समय आकर्षक सेवासुविधाको प्रलोभन देखाई पोर्चुगल, माल्टा, रोमानिया, पोल्यान्डलगायतका युरोपियन देशमा रोजगारी दिने बहानामा लाखौं रुपैयाँ ठगी भइरहेको सार्वजनिक भएसँगै मन्त्रालयले सचेत गराएको हो। यस प्रकारका ठगीका विषयमा सूक्ष्म अध्ययनसमेत भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्