• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

युरोप पठाउने नाममा लाखौं ठगी

64x64
कल्पना घिमिरे शनिबार, साउन २०, २०८०  ०९:१९
1140x725

काठमाडौं– पोल्याण्ड पठाइदिन्छु भन्दै रू एक लाख २० हजार ठगी गरेको आरोप लागेका पाल्पाका पुरण अस्लामीलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयले मंगलबार पक्राउ गर्‍यो।

अस्लामीले धनञ्जय चौधरीलाई पोल्याण्ड पुगेपछि होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभन देखाएर ८ लाख रुपैयाँ माग गरेका थिए। तर एक लाख २० हजार रुपैयाँ पाएपछि अस्लामी एकाएक सम्पर्कविहीन बने। त्यसपछि चौधरीले वैदेशिक रोजगार विभागमा खबर गरे।

विभागले पक्राउ गर्न आदेश गरेपछि गोकर्णेश्वरबाट सोमबार पक्राउ गरेर मंगलबार वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।

यो भन्दा दुई दिनअघि मात्रै द नेदरल्याण्डस पठाइदिन्छु भन्दै ६ जनालाई ४४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा महोत्तरीका कपिल बर्मालाई अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो। महोत्तरी जलेश्वर–१३ स्थायी घर भएका बर्मा काठमाडौंको शान्तिनगरमा बस्दै आएका थिए। बर्माले द नेदरल्याण्डस पुगेपछि सुपरमार्केटमा स्टोरकिपरको काम लगाइदिने र मासिक तलब दुई लाखभन्दा बढि हुन्छ भन्दै प्रलोभनमा पारेर प्रतिव्यक्ति १२ लाख लिएका थिए। 

गत १० गते क्रोएशिया पठाउँछु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा पचलन राई पक्राउ परे। राईले समरबहादुर परियारलाई क्रोएशियामा मासिक एक लाख रुपैयाँ कमाइ हुने भन्दै प्रलोभन देखाएर रकम लिएर फरार रहेका थिए। सोही दिन पोल्याण्ड पठाउँछु भन्दै आठ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेका अनन्तप्रकाश श्रेष्ठलाई पनि कार्यालयले पक्राउ गरेको थियो। उनीमाथि योगेन्द्रबहादुर साउदलाई पोल्याण्डमा २ लाख तलब हुने कम्पनीमा काम लगाइदिन्छु भन्दै १२ लाख रुपैयाँ लिएको आरोप लागेको थियो। 

यी भए चालू आर्थिक वर्ष २०८०/२०८१ यताका ठगीका उजुरी। वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक लगायतका अन्य विकसित मुलुकमा जाने नेपाली ठगीमा पर्ने गरेका छन्। युरोपियन मुलुकमा कमाइ राम्रो हुने भन्दै युवाहरुलाई प्रलोभनमा पारी ठगी गर्ने प्रवृत्ति बढ्दै गएको कार्यालयका प्रवक्ता रेग्मी बताउँछन्। यसरी ठगी गर्नेलाई वैदेशिक रोजगार विभाग र काठमाडौं अपराध अनुसन्धान कार्यालयको समन्वयमा कारबाही गरिँदै आएको उनको भनाइ छ।

अहिले कार्यालयमा ठगीका निवेदनको चाङ लाग्ने गरेको उनले बताए।  ‘यस्ता ठगीका थुप्रै निवेदन आउने गरेका छन्। यस्तो किसिमको ठगी गर्नेलाई निवेदनका आधारमा पक्राउ गरी कारबाही गर्ने गरेका छौं,’ उनले भने।

उनका अनुसार आर्थिक वर्ष  २०७९/२०८० को असार मसान्तासम्म ४०३ ओटा ठगीका निवेदन कार्यलयमा परेका छन्। जसमध्ये आर्थिक वर्ष २०७९/०८० को जेठ महिनासम्ममा १७६ निवेदन कार्यालयमा परेका छन्। उक्त निवेदनका अनुसार पीडितको ठगीको बिगो कूल १३ करोड ५३ लाख २८ हजार एक सय रुपैयाँ रहेको छ।

Ncell 2
Ncell 2

जसमध्ये ८ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ। जसको २ करोड  ५९ लाख १८ हजार दुई सय रुपैयाँ  मुद्दा बिगो दाबी गरेको छ। कार्यालयले ५८ जनालाई पक्राउ गरी कारबाहीसमेत गरेको छ भने उक्त क्रममा ५८ जनासँग २१ लाख २३ हजार रुपैयाँ बिगो दाबी गरेको छ। यस्तै अवैध रुपमा लाओस पुगेका १३ जना नेपालीलाई गत माघ १० गते लाओसबाट फिर्ता ल्याइएको कार्यालयले जनाएको छ।

अपराध अनुसन्धान कार्यलयमा दर्ता भएका महिनागत दिवेदनहरु:

सि=नं=

महिना

निवेदन संख्या

मुद्दा दर्ता संख्या

बिगो

मुद्दा बिगो

पक्राउ तथा कारबाही संख्या

असुल बिगो

अ=अ जारी

१

साउन

८

 

५०,३६,०००

 

३

८,००,०००

५

२

भदौ

२

 

३,८९,०००

 

 

 

२

३

असोज

१

 

३०,००,०००

 

२

 

१

४

कात्तिक

२

 

२,१०,०००

 

१

५०,०००

१

५

मंसिर

७

 

२,८७,२०,०००

 

२

२,२०,०००

५

६

पुस

२१

२

२,४४,५५,०००

१,७०,०६,०००

१

६०,०००

१८

७

माघ

१२

 

६१,९६,०००

 

३

१०,२५,०००

९

८

फागुन

२५

३

२,२७,२१,२००

१५,००,०००

१०

१,१२,६०,०००

१२

९

चैत्र

४८

१

१,७१,७२,९००

 

१८

८४,३२,९००

२९

१०

बैशाख

२५

१

२,०२,००,०००

६६,३७,०००

११

१,०८,५७,०००

१३

११

जेठ

२५

१

७२,२८,०००

७,७५,२००

९

२१,२३,०००

१५

१२

असार

 

 

 

 

 

 

 

 

जम्मा

१७६

८

१३,५३,२८,१००

२,५९,१८,२००

५८

३,४८,२७,९००

११०

स्रोतः काठमाडौं अपराध अनुसन्धान कार्यालय मिनभवन

सोही आर्थिक वर्षको असार मसान्तसम्ममा विभागबाट विदेश पठाउने नाममा ठगी गर्ने २२० जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ। जसमध्ये ६४ जना पुरुष र १७ जना महिला गरी ८१ जना पक्राउ परेका छन्। जसको मुद्दामा बिगो २ करोड २२ लाख २८ हजार सात सय रुपैयाँ तोकिएको छ।
             
विभागबाट प्राप्त पक्राउ पुर्जीको सम्बन्धमा भए/गरेका महिनागत कार्य विवरण:

 

सि=नं=

महिना

पक्राउ पुर्जी संख्या

पक्राउ संख्या

पुरुष

महिला

बिगो

१

साउन

१७

८

७

१

१,५६,००,०००

२

भदौ

४

४

२

२

५१,७५,०००

३

असोज

५

३

२

१

६५,००,०००

४

कात्तिक

११

 

 

 

 

५

मंसिर

६

३

२

१

६२,००,०००

६

पुस

१७

४

४

 

१,७२,६२,०००

७

माघ

३७

८

६

२

१,५५,००,०००

८

फागुन

२६

६

४

२

४२,००,०००

९

चैत्र

२५

४

३

१

१,४३,००,०००

१०

बैशाख

४६

२६

२१

५

११,९७,३४,०००

११

जेठ

१८

१०

८

२

१,३५,१६,०००

१२

असार

८

५

५

 

४३,००,०००

 

जम्मा

२२०

८१

३४

१७

२२,२२,८७,०००

स्रोतः काठमाडौं अपराध अनुसन्धान कार्यालय मिनभवन
यस्तै वर्षभरीमा काठमाडौं बाहिरबाट समन्वय गरी ६ पुरुष र १ महिला गरी ठगीमा संलग्न ७ जना पक्राउ गरिएको छ। जसमध्ये कात्तिकमा बाराका १ पुरूष, माघमा धादिङकी १ महिला, फागुनमा मकवानपुर र पूर्वी नवलपरासीका १/१ पुरुष, वैशाखमा रौतहट र झापा जिल्लाका १/१ पुरुष र जेठमा नवलपरासी पूर्वकै १ पुरुष पक्राउ परेका छन्।

सचेत रहन मन्त्रालयको आग्रह
युरोपका नाममा युवा ठगिने क्रम बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्तिमार्फत् सचेत गराएको छ। मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीका लागि विभिन्न प्रलोभनमा पारेर ठगी गरेको पाइएकाले त्यसप्रति सचेत रहन आग्रह गरेका छन्।

पछिल्लो समय आकर्षक सेवासुविधाको प्रलोभन देखाई पोर्चुगल, माल्टा, रोमानिया, पोल्यान्डलगायतका युरोपियन देशमा रोजगारी दिने बहानामा लाखौं रुपैयाँ ठगी भइरहेको सार्वजनिक भएसँगै मन्त्रालयले सचेत गराएको हो। यस प्रकारका ठगीका विषयमा सूक्ष्म अध्ययनसमेत भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्