काठमाडौं- ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाइ कीर्ते गरेको अभियोगमा पक्राउ परेका २२ जनालाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ।
भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित २१ जनालाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको हो।
उक्त प्रकरणमा सिआईबीले चार सय छ जनाको पक्राउ पुर्जी अनुमति लिएको छ। उनीहरु विरुद्ध ‘संगठित किर्ते’ अभियोग लगाएर मुद्दा प्रहरीको तयारी रहेको छ।
पक्राउ पुर्जी जारी भएका व्यक्तिहरु फरार भएको हुँदा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खोजी जारी राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।