• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

भारतले गैरबासमती चामलमा प्रतिबन्ध लगाउँदाको असर: बोरामा २५० रुपैयाँसम्म वृद्धि

64x64
कल्पना घिमिरे बुधबार, साउन १७, २०८०  १९:५९
1140x725

काठमाडौं- मंगलबार साँझ कुलेश्वरको दक्ष खाद्यान्न स्टोरमा एक ग्राहक चामल किन्न पसे। 

‘साहुजी, तपाईंसँग कति रुपैयाँ पर्ने चामल छ?,’ ग्राहकले जिरा मसिनो चामलको भाउ सोध्दै भने। 

‘२५ किलोको बोराको १ हजार ९५० देखि २ हजार ३५० रुपैयाँसम्म पर्ने चामल छ,’ व्यापारीले जवाफ दिए। 

‘१ हजार ९५० पर्ने चामल कुन हो?,’ ग्राहकले सोधे।

व्यापारीले चामलको बोरा देखाउँदै भने, ‘ऊ त्यो पहेँलो बोराको।’

‘यसलाई १ हजार ९५०? यो त अस्ति भर्खर १८ सयमा लगेको। कहाँ त्यत्रो महँगो भन्नुभएको?’ ती ग्राहकले भने।

‘हेर्नुस् भाइ, भारतले चामल ल्याउन रोक लगाएको छ। अब चामल आउँदैन होला। यो आजै मात्र झारेको चामल हो। बढेर आएको छ। अब त्यति नै पर्छ,’ व्यापारीले भने। 

व्यापारीको जवाफ सुनेपछि ती ग्राहक छेवैको कृष्ण ट्रेडर्स एण्ड सप्लायर्सतिर लागे। 

Ncell 2
Ncell 2
nimb
nimb

सो पसलमा पुगेर ग्राहकले आफूले अघिल्लो पटक लगेको चामलको मूल्य सोधे। उक्त चामल त्यहाँ सकिएको रहेछ। व्यापारीले अरू चामल देखाउँदै भने, ‘यो चामल लैजानुस् न, जुन लगे पनि २५ किलोको २२ सय त पर्छ। सबै चामलको भाउ बढिसक्यो। तपाईंले भनेको चामलको भाउ पनि अहिले २२ सय नै हो।’

‘कति साह्रो महँगिएको हो चामल। भात खान नसकिने भो,’ बर्बराउँदै ग्राहक त्यहाँबाट निस्किएर पारिपट्टिको पसलतिर लागे।

यो घटनाले भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा परेको प्रभावलाई दर्शाउँछ।

जुलाई २० मा भारतको उपभोक्ता मामिला मन्त्रालयले आफ्नो देशमा चामलको सुनिश्चितता र घरेलु बजारमा मूल्यवृद्धि कम गर्न बासमती बाहेकका चामल विश्वभर निर्यातमा प्रतिबन्ध लगाएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिले नेपाली बजारमा चामलको भाउ बढ्न थालिसकेको छ। भारतले चामल ल्याउन रोक लगाएको सुन्नासाथ व्यापारीले आफूखुसी मूल्य बढाएर बिक्री गर्न थालेका छन्। 

खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यले सोना मन्सुली र जिरा मसिनो चामलमा प्रतिबोरा दुई सय रुपैयाँदेखि २५० रुपैयाँसम्म मूल्य बढेको बताए।

‘भारतले गैरबासमती चामल निर्यातमा रोक लगाएसँगै इम्पोटरले बढाइसकेको छ। त्यसैअनुसार बजारमा पनि बढेको छ,’ उनले भने।

तर, व्यापारीले पुरानो स्टक चामलको मूल्य बढाउन सुरु गरेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नबढाउन निर्देशन दिएको विभागका प्रवक्ता होमनाथ भट्टराईले जानकारी दिए।

‘भारतले बासमती बाहेकका चामलमा रोक लगाउने वित्तिकै रोक लगाउनुभन्दा अघि ल्याइएका र भण्डारण गरी राखिएका चामलको मूल्य नबढाउन पहिल्यै निर्देशन गरेका छौँ। केही व्यापारीले मूल्य बढाउन थालिसकेका छन्। हामी अनुगमन गरेर ती व्यापारीलाई कारबाही प्रक्रिया अगाडि बढाउँछौँ,’ उनले भने।

बजार अनुगमन गरी मूल्य बढाउने व्यापारीलाई कारबाही प्रक्रिया सुरु गरेको समेत भट्टराईले बताए।

रोक लगाए पनि खाद्य संकट नहुने
भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धको असर नेपालमा साउनको पहिला हप्तादेखि सुरु भएको कृषि मन्त्रालयले जनाएको छ। कृषि तथा पशुपंक्षी मन्त्रालयका एक अधिकृतका अनुसार नेपालमा गत वर्ष पनि २० प्रतिशत कर वृद्धि हुँदा पनि असर परेको र त्यसबाट सहज रुपमा बाहिर निस्कन सफल भएकाले यस पटक समग्रमा ठूलो असर नपर्ने मूल्यांकन सरकारले गरेको छ।

बजारमा चामलको केही मूल्य वृद्धि हुने तर अभाव भएर हाहाकार भने नहुने मन्त्रालयका प्रवक्ता सचिव गोविन्दप्रसाद शर्माको दाबी छ। ‘बजारमा अभाव सिर्जना हुने गरी नहोला भन्ने हाम्रो अनुमान हो। तर व्यापारीका कारण केही भइहालेको अवस्थाका लागि मन्त्रालयले तयारी गरेको छ,’ शर्माले भने,  ‘खानै नपाउने समस्या नहोला।’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता भट्टराईले नेपालमा तीन महिनालाई पुग्ने चामल व्यवसायीसँग स्टक भएकाले खाद्य संकट नआउने बताए। साथै मन्त्रालयले धान ल्याएर चामलको अभाव हुन नदिन पहल गर्न छलफल गरिरहेको उनले बताए।

‘भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको हो, धानमा होइन। चामल नपठाए पनि धान त ल्याउन सकिन्छ। हामीसँग थुप्रै राइस मिलहरु छन्। तर भारतले चामल निर्यातमा प्रतिबन्ध लगायो भनेर कतै अवान्छित गतिविधि बढ्न सक्ने देखिन्छ। पुरानै स्टक चामलको मूल्यवृद्धि गरेर बजारमा बिक्री गर्दा कालोबजारी बढ्न सक्छ,’ उनले भने। 

१० लाख टन माग गर्नुपर्ने
नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष कुमुदकुमार दुगडले नेपाल सरकारले भारत सरकारसँग धान खरिद गर्न सके चामल प्रतिबन्धको असर नपर्ने बताएका छन्। 

‘चामल आयातको प्रतिबन्धले पर्ने असर कम गर्न सरकारले भारत सरकारसँग १० लाख टन धान माग तत्काल गर्नुपर्छ। नगरे नेपालमा असर पर्छ। सो धान आयात गर्न सरकारसँग संघको तर्फबाट पनि माग गर्छौं,’ उनले भने। 

भारतसँगको वार्षिक ६ लाख मेट्रिक टनसम्म धान कर छुटमा आयात हुने कोटा सकिएकाले थप समस्या हुन सक्ने उनको भनाइ छ। नेपालको नयाँ धान नोभेम्बरमा आउने तर त्यो भन्दा पहिला दशैँ-तिहार आउने भएकाले थप चुनौतीपूर्ण अवस्था देखिएको दुगडले बताए।

भारतले सन् २०२२ को सेप्टेम्बरदेखि धान चामल निर्यातमा २० प्रतिशत कर लगाउन सुरु गरेपछि चामलको आयात ३ लाख कम भएको र धानको आवश्यकता बढी भएको उनले बताए। ‘सन् २०२२ को सेप्टेम्बरभन्दा पहिला नेपालमा कर लाग्दैनथ्यो,’ उनले भने, ‘पछि नेपाल सरकारले धान उपलब्ध गराउन माग गरेको थियो। नेपाल सरकारको अनुरोधपछि वार्षिक ६ लाख मेट्रिक टनसम्म धान-चामलमा कर छुट कोटा दिने भारत सरकारले निर्णय गरेको थियो। अहिले यही कोटा अन्तर्गत धान-चामल आयात भइरहेको छ। तर यस वर्षको कोटा सकिसकेको छ।’

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? मेलम्चीको खानेपानी पुनः वितरण भए पनि काठमाडौं उपत्यकाका लागि पर्याप्त खानेपानी वितरण हुने छैन। साहका अनुसार दैनिक ५० करोड लिटर खानेप... आइतबार, कात्तिक १, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्