• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
ठमेलको अर्बौंको घर-जग्गा विवाद

राजा त्रिभुवनकी श्रीमतीबाट बकस पाएको ७ आना जग्गा र घर बचाउका लागि सर्वोच्च धाइरहेकी लिना गोमेस

64x64
दुर्गा दुलाल बिहीबार, साउन १८, २०८०  १०:३९
1140x725

काठमाडौं– २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्र र उनको परिवारका सदस्यले ज्यान गुमाए। राजा र राजपरिवारका सदस्यहरुको हत्या भएको २२ वर्षपछि राजदरबारमा काम गरेका एक जना अंगीकृत नेपाली नागरिकको परिवार बकस पाएको सम्पत्ति जोगाउन सर्वोच्च अदालत धाइरहेको पाइएको छ। 

विदेशी नागरिक भए पनि दरबारमा काम गरेपछि अंगीकृत नागरिकता पाएका राजदरबारका पूर्वकर्मचारी आम्रोस गोमेसकी बुहारी लिना गोमेस २०७५ सालदेखि सर्वोच अदालत धाइरहेकी छन्। ठमेलको मध्यभागमा ७ आना २ दाम जग्गा र घर नेपाल ट्रष्टको नाममा सरेपछि उनी त्यस विरुद्ध २०७५ मंसिर १३ गते सर्वोच्च पुगेकी थिइन्।

के हो विवाद? 
गोमेस परिवारले २०३८ साल असोज ११ गते श्री ५ मुमा बडामहारानी (राजा त्रिभुवनकी श्रीमती) बाट ठमेलको ७ आना २ दाम जग्गा र घर बकसमा पाएको थियो। 

उक्त घर बकस प्राप्त गर्दाको अवस्थामा जग्गा नापजाँच ऐन २०१९ अनुसार नापी भई श्रेस्ता कायम भएको थियो। गोमेसले बकस अनुसार प्रमाणको आधारमा ४ किल्ला खोली लिखत पारित गर्दै आफ्नो नाममा राखेका थिए। उनले २०४० सालमा राजदरबारको सेवाबाट अवकाश पाए। अवकाश पाएको २ वर्षपछि २०४२ वैशाख १० मा उनको मृत्यु भयो। 

उनको मृत्युपछि उक्त जग्गाको हकदार उनका छोरा बर्नाड गोमेस भए। बर्नाडको नाममा जग्गा नामसारी भने हुन पाएन। बर्नाड गोमेसको पनि २०६८ सालमा मृत्यु भयो। पति बर्नाडको मृत्यु भएपछि श्रीमती लिना गोमेसले नागरिकताको खोजी गरिन्। ससुरादेखि नै अंगीकृत नागरिकता लिएका कारण उनले पनि त्यही आधारमा नागरिकताको दाबी पेस गरिन्।

ससुरा आम्रोस गोमेसले तत्कालीन श्री ५ को सरकार गृह मन्त्रालयबाट २०३६ साल असोज १० गते नेपालको अंगीकृत नागरिकता प्राप्त गरेका थिए। लिनाका पति बर्नाड गोमेसले श्री ५ को सरकार गृह मन्त्रालयबाट २०६१ फागुन २८ गते अंगीकृत नेपाली नागरिकता प्राप्त गरेका थिए। 

नेपाली नागरिकसँग विवाह गरेकाले लिनाले यही आधारमा टेकेर स्वतः नेपाली नागरिकता प्राप्त गर्नुपर्ने भन्दै निवेदन दिइन्। नागरिकता लिनका लागि उनले लामो सर्घष गर्नुपर्‍यो।

२०७३ साल वैशाख १० गते लिनाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरिन्। उनका पति पनि राजदरबारको जागिरे थिए। यही आधारमा उनले पतिको सञ्चय कोष र पेन्सन पनि प्राप्त गर्न थालिन्। नागरिकता पाएपछि लिनाले जग्गा हालसावी र आफ्नो नाममा ल्याउन पहल थालिन्।  

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि बसिरहेको घरको लालपुर्जा पारित लिखत अनुसारको जग्गा दाखिला सुरु गरिन्। जग्गा नामासारीका लागि उनका पति बर्नाडले नै निवेदन दिएका थिए। तर बीचमै मृत्यु भएका कारण पूरा हुन सकेको थिएन। 

जब जग्गा नेपाल ट्रष्टको नाममा कायम भएको जानकारी पाइन्
जनआन्दोलनपछि राजपरिवारका नाममा रहेको सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने क्रम सुरु भयो। सरकारले नै पूर्व राजपरिवारको नाममा रहेको जग्गाहरु संरक्षणका लागि भन्दै नेपाल ट्रष्टको कार्यालय खुलेको थियो। उक्त कार्यालयले पूर्व राजाहरुको नाममा भएको जग्गा आफ्नो नाममा कायम गरिरहेको थियो। उता लिना गोमेस पतिले दिएको निवेदनलाई पछ्याउँदै  २०७५ भदौ १७ मा मालपोत कार्यालय पुगिन्। 

सर्वोच्चमा दायर गरेको रिटमा लिनाले आफूले मालपोत कार्यालयमा ससुराको नाममा रहेको जग्गा आफ्नो नाममा ल्याउन धेरै दु:ख पाएको बताउँदै गर्दै उक्त जग्गा आफ्नो नाममा हुनुपर्ने दाबी गरेकी छिन्।

निवेदनमा कारबाही हुँदै जाँदा ‘मोठ भिडाउने सिलसिलामा नगर २९ सिट नं. १०६४ कित्ता नम्बर ७१० को जग्गा नेपाल ट्रष्टको कार्यालयको नाममा मोठ कायम छ भनी जवाफ पाइन्। मालपोत कार्यालयमा मोठ भिडाउन पुगेकी उनी ससुराको नाममा रहेको अर्बौंको घर र जग्गा सरकारी ट्रष्टको नाममा भएको जानकारी पाएपछि उनी अचम्ममा परिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘२०७५ भदौ १८ गते मोठ भिडाइ मालपोत कार्यालयले नेपाल ट्रष्टको नाममा दर्ता भएको जानकारी दिनुभयो,’ लिनाको रिटमा भनिएको छ, ‘मोठ भिडेपछि अगाडि अब तिम्रो कारबाही बढ्दैन, जे सक्ने हो गर। यही मालपोत कार्यालयले नेपाल सरकारको निर्णय र नेपाल ट्रष्टको पत्र अनुसार तिम्रो घरजग्गाको पुर्जा नेपाल ट्रष्टको नाममा बनेर गइसक्यो।’ मालपोत अधिकृतको यस्तो जवाफ पाएपछि लिनाले सर्वोच्च जाने निर्णय गरेकी थिइन्।

त्यसपछि उनले २०७५ कात्तिक १३ गते नेपाल ट्रष्टको कार्यालयसहित मन्त्रिपरिषद्‌को कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरिन्। 

‘नेपालको संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १७ अनुसारको स्वतन्त्रताको हक, धारा १८ अनुसारको समानताको हक, धारा २० अनुसारको न्याय सम्बन्धी हक, धारा २५ अनुसार प्रदत्त सम्पत्तिको हक हनन भएको छ,’ लिना गोमेसको रिटमा दाबी गरिएको छ, ‘धारा ३७ अनुसारको आवासको हक, धारा ४२ अनुसारको सामाजिक न्यायको हक लगायतका मौलिक हकहरुद्वारा प्रदत्त हकहरुको निर्वाध उपभोग गर्न पाउने हक अतिक्रमण भएकोले रिट लिएर सर्वोच्चमा आएको छु।’ 

सर्वोच्चको आदेश- फैसला नभएसम्म भोगचलनमा हस्तक्षेप नगर्नु     
लिनाले दायर गरेको रिटमा २०७५ कात्तिक १५ गते पहिलो सुनुवाइ जारी गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गर्‍यो। न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले पहिलो सुनुवाइ गर्दै अन्तिम किनारा नलागेसम्म भोगचलनमा हस्तक्षेप नगर्न आदेश गर्‍यो। 

‘उक्त घर-जग्गा यी निवेदिकाका पति गोमेसले कामनपालाई घरजग्गाको कर समेत तिरेको देखिएको अवस्थामा हाल यी निवेदिकाको बसोबास नै उठ्ने स्थिति देखिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘प्रस्तुत निवेदनको अन्तिम किनारा नलागेसम्म नेपाल ट्रस्टको मिति २०७२ असार ०६ को निर्णय, मन्त्रिपरिषद कार्यालयको २०७२ असार २१ को निर्णय तथा मालपोत कार्यालयको २०७२ साउन ११ को निर्णयहरू कार्यान्यवन नगरी निवेदिकाको बासस्थान, बसोबास र भोगचलनमा समेत हस्तक्षेप नगर्नु भनी विपक्षीहरुको नाउँमा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (क) बमोजिम यो अन्तरिम आदेश जारी गरिदिएको छ। यसको जानकारी विपक्षीलाई दिनू।’ 

निवेदिकाका ससुरा आम्रोस गोमेसले रिझवापत वकपत्र प्राप्त गरेको लिखतको प्रतिलिपि निवेदन साथ पेस भएको भन्दै सर्वोच्चले कर तिरेको समेत देखिएको भन्दै उनको पक्षमा आदेश जारी गरेको थियो। सर्वोच्चको उक्त आदेशपछि उनी उक्त घरको भोगचलन गरिरहेकी छन्। तर उक्त आदेशपछि मुद्दाको सुनुवाइ हुन सकेको छैन। उक्त मुद्दा पाँच वर्षदेखि सर्वोच्चमा विचाराधीन छ। 

सर्वोच्चमा पछिल्लो पटक साउन १५ मा पेसी तोकिएको थियो। तर उक्त दिन स्थगितमा परेपछि सुनुवाइ हुन सकेन। सबै पक्षको लिखित जवाफ समेत दर्ता भइ फैसलाको अङ्ग पुगे पनि पेसीको पालो पाउन सकेको छैन। सर्वोच्चले उक्त विवादमा फैसला सुनाउँदै जग्गा नेपाल ट्रष्ट वा लिना कसको हुने निर्णय दिनेछ।

उक्त जग्गा र घरको हालको मूल्य अर्बौंको भएकाले सरकारले पाउनुपर्ने र कुनै समयमा बकसमै दिएकै भरमा राजाहरुको सम्पत्ति व्यक्तिको नहुने दाबी नेपाल ट्रष्टले गरेको छ। नेपाल ट्रष्टले आफूले पाएको कानुनी अधिकार अन्तर्गत आफ्नो नाममा ल्याएकाले त्यही कायम हुने गरी फैसला हुनुपर्ने लिखित जवाफमा उल्लेख छ। 

faisala-11690967507.jpg

faisala- 21690967507.jpg

faisala- 31690967506.jpg

faisala- 41690967506.jpg

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन ‘उखु उत्पादकलाई प्रोत्साहन अनुदान दिने सम्बन्धी कार्यविधि, २०८३’ जारी ग... मंगलबार, असोज २७, २०८३
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले २२ वर्षदेखि जोडिएको ब्लग ‘माइसंसार’को सम्पादकीय जिम्मेवारी छाडेका छन्। मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग एवं सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले मंगलबार बिहान ६ बज... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित मंगलबार, असोज २७, २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण मंगलबार, असोज २७, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्