• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एसियाली खेलकुद : कम छैन १३ हजार स्वयंसेवकको योगदान

64x64
नेपाल लाइभ शनिबार, भदौ १६, २०७५  ०९:५१
1140x725

जकार्ता (इन्डोनेसिया)- 'क्यान आई हेल्प यू?' बुङ कार्नो रंगशालाबाहिर भेटिएकी २० वर्षीया क्लारिन्टा फित्रिसियाले मुस्कानसहित सोधिन्। 

मैले आफ्नो कुरा राखेँ। उनले खुसीसाथ स्वागत गरिन्। र, उस्तै मुस्कान बोकेर अरु अतिथिको सत्कारमा लागिन्।

क्लारिन्टा जस्ता १३ हजार स्वयंसेवक खटिएका छन्, १८औं एसियाली खेलकुदमा। इन्डोनेसियाको राजधानी जकार्ता र पालेङवाङ सहरमा भइरहेको एसियाली खेलकुद यतिबेला समापनको तयारीमा छ। मध्य जाकर्ताको गेलोरा बुङ कार्नोको मुख्य रंगशालामा आइतबार हुने समापन समारोहलाई भव्य पार्न आयोजकले तयारी गरिरहेका छन्। जसमा स्वयंसेवकको भूमिका पनि महत्वपूर्ण छ। 

उनीहरु ३ खालका छन्। पहिलो पर्सनल एसिस्टटेन्ट (पिए) हुन्। उनीहरुले निलो टिसर्ट लगाका छन्। अफिसियलहरुको कार्यतालिका मिलाउने उनीहरुको काम हो। दोस्रो स्वयंसेवक हुन् एनओसी। पहेँलो टिसर्ट लगाउने उनीहरुको मुख्य काम भिआइपीलाई सूचना दिने तथा गाइड गर्ने हो। 

४५ देशका ११ हजार ७ सय खेलाडीले ४० खेलको ४६२ स्वर्णका लागि प्रतिस्पर्धा गरेको एसियाली खेलकुदलाई सफल बनाउन यी स्वयंसेवक अहोरात्र खटिइरहेका छन्। प्रत्येक ठाउँमा हँसिलो मुहार लिएर खेलाडी, प्रशिक्षक, अफिसियल, पत्रकार र दर्शकको सेवामा हाजिर भइहाल्ने उनीहरुले योगदानले एसियाली खेलकुदको शोभा बढाएको छ। एक्रिडिएसन कार्ड भिरेका जो कोही भेटे पनि सेवा गर्न हाजिर भइहाल्छन् उनीहरु। सकेको सबै जानकारी दिन्छन्। समस्या समाधानका लागि अन्तिमसम्म प्रयास गर्छन्। 

एसियन गेम्समा बढी मात्रामा खटिएका स्वयंसेवक हुन्, 'रेगुलर स्वयंसेवक'। रातो, टिसर्ट लगाएर उपस्थित हुने उनीहरु प्रत्येक भेन्यूमा खटिएका हुन्छन्। खेलाडी, अफिसियल, पत्रकार र दशर्कको व्यवस्थापन गर्नेदेखि सूचना दिने काम उनीहरुले गरिरहेका छन्। सूचना प्रविधि, यातायत, मिडियाको व्यवस्थापन गर्ने काममा पनि उनीहरुको भूमिका छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्वयंसेवकका लागि छुट्टाछुट्टै विभाग निर्माण गरिएको छ। जसमा जेनेरल अफेयर, स्पोर्ट, भेन्यू, डोपिङ एन्ड मेडिकल, एक्रिडिएसन, आइआर प्रोटोकल एन्ड हस्पिटालिटी, एकोमोडेनस एन्ड क्याटरिङ, एथ्लेट भिलेज छन्।

मुख्य मिडिया सेन्टर (एमएमसी) मा काम गर्ने स्वयंसेवकका संयोजक राफा रोहिन्याका अनुसार सबै स्वयंसेवकले पकेट खर्चस्वरुप प्रत्येक दिनको पैसा पाउँछन्। उनले यत्ति भने, 'सबैले पकेट खर्च पाउँछन्। त्यो भनेको न्यूनतम ३ लाख इन्डोनेसिया रुपैयाँ (नेपाली २४ सय) हुन्छ।' दैनिक ८ घन्टा काम गर्ने उनीहरुलाई आयोजकले खानाको पनि व्यवस्था गरेको छ। 

एसियाली खेलकुदलाई सफल बनाउनका लागि स्वयंसेवकको भूमिका हुने राफा बताउँछन्। 'एसियाली खेलुकदलाई सहज रुपमा सम्पन्न गराउने स्वयंसेवक एउटा हिस्सा हो,' उनले भने, 'एसियन गेम्स राम्रो र उत्कृष्ट बनाउनका लागि खेलाडी र प्रशिक्षक पत्रकारलाई सूचना दिएर सहज बनाउने हाम्रो मुख्य काम हो।'

Xtrem

Xtrem

आफूहरुले ८ महिना अघिदेखि प्रशिक्षण लिएको उनको भनाइ छ। 'सुरुमा आधारभूत प्रशिक्षण लियौं। त्यसपछि मिनिङ अफ स्पर्टको बारेमा जानकारी लियौं, जहाँ एसियन गेम्स र यसको महत्वको बारेमा बुझाइएको थियो,' उनले भने। 

उनले एसियाली खेलकुदले देशको अर्थतन्त्रलाई पनि सहयोग पुग्ने विश्वास गरेका छन्। देशमा भइरहेको मेघा इभेन्टको हिस्सा बन्न पाउनु गर्वको विषय भएको उनले बताए। 'हामी अहिले कम आय भएको मुलुकबाट मध्यम आय भएको मुलुकमा रुपान्तरित भइरहेका छौं। एसियन गेम्सले हाम्रो अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको जस्तो लागेको छ,' उनले थपे, 'हामीलाई एसियन गेम्सको स्वयंसेवक बनेर काम गर्न पाउँदा धेरै गर्व लागेको छ।' 

देशमा आएका अतिथिलाई सहयोग गर्न पाउँदा धेरै उत्साहित भएको उनी बताउँछन्। 'हामीले देशबाहिरका मानिससँग कुरा गरेर अनुभव साट्न पाएको छौं। हाम्रो लागि पनि यो ठूलो उपलब्धि हो,' उनले खुसी व्यक्त गरे।

बुङ कार्नो रंगशालामा स्वयंसेवको भूमिकामा रहेकी क्लारिन्टा फित्रिसिया पनि निकै हर्षित छिन्। 'एउटा ठूलो कामको हिस्सा बन्न पाउँदा खुसी लागेको छ। खेलकुद के हो भन्ने कुरा एसियाली खेलकुदले सिकायो,' उनले अनुभव सुनाइन्, 'देशका लागि योगदान दिएको जस्तो लागेको छ।' 

देश र विदेशका स्टार खेलाडीसँग भेट्न पाउनु पनि आफ्ना लागि नसोचेको उपलब्धि रहेको उनले बताइन्।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०७५  ०९:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी बुधबार, असोज ७, २०८३
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा बुधबार, असोज ७, २०८३
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने बुधबार, असोज ७, २०८३
१७ वर्षमै क्षेत्रीय प्रतिनिधि बनेका सुजलको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्