• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सीडीओ कार्यालयमै थुनिए मिटरब्याज पीडित, साहूसँग मिलेर पीडितलाई धम्काउँदै पूर्वमन्त्री यादव

64x64
कल्पना घिमिरे मंगलबार, साउन १६, २०८०  १४:४०
1140x725

काठमाडौं- प्रमुख जिल्ला प्रशासन कार्यालय रौतहटमा सोमबार मिटरब्याज पीडित र साहूमहाजनबीच ४ सदस्यीय मिटरब्याजसम्बन्धी जाँचबुझ टोलीले छलफल गरायो। छलफलमा करिब २० जना पीडित र साहूपक्षका व्यक्तिहरू सहभागी थिए। जहाँ साहूको पक्षमा स्थानीय नेताहरूसहित उपस्थित थिए नेपाल एकीकृत समाजवादीका नेता तथा मधेस प्रदेशका पूर्व राज्यमन्त्री नागेन्द्रराय यादव। जहाँ उनी पीडितलाई बोल्न पनि नदिई जर्बजस्ती मिलापत्र गराउन दबाब दिइरहेका थिए।

छलफलमा सहभागी मिटरब्याज पीडित संघर्ष समितिकी जिल्ला सचिव बोधकुमारी गिरीले भनिन्, ‘प्रहरीसमेतलाई बोल्न नदिई पीडितलाई धम्काउने काम भयो। मन्त्री र साहूले उल्टै पीडकलाई ५-१० दिनभित्र रकम बुझाउनू भनी सम्झौतापत्रमा हस्ताक्षर गराए।’ छलफलमा उपस्थित वाशु यादवलाई सीडीओ कार्यालयकै माथिल्लो कोठामा नियन्त्रणमा लिइ थुनाइएको उनले बताइन्। ‘२० हजार तिर्न नसकेपछि वाशु चौधरीलाई सीडीओ कार्यालयमै एक घण्टा थुनियो, थुनेर धम्काउने काम गरी जबर्जस्ती सहमति गराउने काम भयो,’ उनले भनिन्। आफूले बोल्न खोज्दा पूर्वमन्त्री यादवले धम्काएको उनले बताइन्। ‘कर्मचारीले राम्रो काम गरेको छैन। मन्त्री र वडाअध्यक्षहरू साहूसँग आएर पीडितलाई बोल्न नदिई उल्टै साहूलाई यति समयभित्र पैसा बुझाउनू भनी जर्बजस्ती हस्ताक्षर गराइरहेका छन्,’ उनले भनिन्।

मिटरब्याज पीडित संघर्ष समितिका रौतहट अध्यक्ष शिवशंकर यादवले सहमतिका लागि बोलाएर धम्काउने काम भइरहेको बताए। मिलापत्र नगरेसम्म धम्काउने काम भइरहेको भनाइ उनको छ। ‘मिलापत्र नगरे थुन्ने काम भइरहेको छ, पीडितलाई धम्काउने र नियन्त्रणमा लिने काम भइरहेको छ,’ उनले भने, ‘पीडितले उल्टै साहूलाई पैसा बुझाउनेगरी सम्झौता गराइदिने र माथिबाट फछ्यौट भयो भन्ने घोषणा भइरहेको छ, जुन हामीलाई चित्त बुझेको छैन।’

यसैगरी मिटरब्याज संघर्ष समिति सप्तहीका अध्यक्ष बिन्दु शाहले पनि जर्बजस्ती मिलापत्र गराइराखेको बताए। निलम राम र उनकी श्रीमतीलाई सीडीओ कार्यालयमा १ घण्टा थुनिएको जानकारी उनले दिए। ‘निलम रामले ७० हजार ऋण लिएर १ लाख तिरेका थिए,’ उनले भने, ‘तर साहू श्याम चौधरीले ५ हजार मात्रै तिरेको बताउँदै आएका छन्। सहमति गराउँदा सीडीओ कार्यालयले साहूको पक्षमा पीडितलाई रकम तिर्नू भनी सम्झौता गराइराखेको छ।’ साहूले नै निश्चित रकम तोकेर मिलापत्रका लागि प्रस्ताव गर्ने र प्रशासनले सोही अनुसार मिलापत्रका लागि पीडितको कुरै नसुन सोही प्रस्ताव गरिरहेको उनले बताए। ‘९९ प्रतिशत अहिले पुरानो तिरिसकेको रकम नहेरीकनै थप रकम साहूलाई तिर्नू भनेर मिलापत्र गराइँदैछ, मिलापत्र नगरे सीडीओ कार्यालयमै थुन्ने काम भइरहेको छ,’ उनले बताए। 

जिल्लामा जबर्जस्ती मिलापत्र गराइए पनि अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले भने पीडित र साहूहरूबीच मिलापत्र गराइएको बताइरहेको छ। जिल्लामा सहायक सीडीओसहित ४ सदस्ययीय जाँचबुझ टोलीले गराएको मिलापत्रका आधारमा आयोगले देशैभरबाट कुल २३ हजार ९६१ उजुरीमध्ये जम्मा २ हजार ५२० उजुरीमा साहू र पीडितहरूबीच मिलापत्र गराएको तथ्यांक सार्वजनिक गरेको छ। 

वर्षौँदेखि मिटरब्याजका कारण अन्यायमा परेपछि पीडितहरू लामो समययता आन्दोलनमा छन्। विभिन्न जिल्लाबाट काठमाडौंमा आई आन्दोलन गरेपछि सरकारले जाँचबुझा आयोग बनाएको छ। जिल्लामा सहायक सीडीओ प्रमुख रहनेगरी जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाको इन्स्पेक्टर, प्रहरीले राखेको सहयोगी र जिल्ला सरकारी वकिल कार्यालयको अधिकृत उक्त टोलीमा छन्। सोही टोलीले पीडित र साहूलाई सीडीओ कार्यालयमा बोलाएर मिलापत्र गराइरहेको छ। तर पीडितले भने उक्त मेलमिलाप धरपकड गरेर गराइएको आरोप लगाएका छन्।

आयोगले २ हजार ५२० मिटरब्याजसम्बन्धी उजुरीमा पीडितले ८४ करोड ३६ लाख ८३ हजार रुपैयाँ साहूलाई बुझाउनेगरी सहमति भएको तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांकअनुसार उक्त रकम बुझाएपछि साहूले बन्धक बनाएको ७१ बिघा १९ कट्ठा १० धुर जग्गा फिर्ता गर्ने सहमति दुई पक्षबीच भएको छ। 

तर वर्षौँदेखि पीडितले बुझाइसकेको रकमबारे भने मिलापत्र गराउँदा आयोग मौन देखिन्छ। कीर्ते कागज बनाइ साहूहरूले दोब्बर/तेब्बर रकम असुलेर घरजग्गा बन्धक बनाएको भन्दै पीडितहरू आन्दोलनमा उत्रिएका थिए। तर आयोगले उल्टै साहूलाई रकम बुझाउनुपर्नेगरी मिलापत्र गराइदिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

मिटरब्याज पीडितविरुद्ध संघर्ष समितिका सल्लाहकार एवं अभियन्ता नीर्ग नवीन सरकारले मिलापत्र भयो भनी सार्वजनिक गरेको तथ्यांक नभई मिथ्यांक भएको बताए। ‘जर्बजस्ती सहमति गराइएका पीडितहरू काठमाडौंस्थित शान्ति वाटिकामा आएका छन्,’ उनले भने, ‘यसरी सहमति हुनै सक्दैन।’

सरकारी पक्षले साहूहरूकै पक्षमा हुनेगरी जर्बजस्ती मिलापत्र गराइरहेको आरोप उनको छ। ‘पीडितले वर्षौँदेखि तिरेको पैसाको प्रमाण छैन। साहूले १ लाख ऋणलाई ७ लाख बनाएको छ, पीडितलाई ल अब तपाईँ ५ लाख तिर्नुस् भनी सरकारी पक्षले मिलापत्र गराइरहेको छ,’ उनले भने, ‘मिलापत्र गराइएका भनिएका ७५ प्रतिशत घटना यस्ता छन्। प्रहरीले गाडीमा हालेर सीडीओ कार्यालय लिएर जाने र यति तिर् भन्ने अनि तिर्छु नभनेसम्म निस्किन पनि नदिएको हामीलाई पीडितले भनेका छन्।’

धम्काएर मिलापत्र गराइँदैमा सहमति नहुने उनको भनाइ छ। 

यता मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भने सहमतिकै आधारमा मिलापत्र गराइएको दावी गरे। ‘पीडितले बुझाइसकेको रकम पनि हेरेर सबै हिसाब गरी सहमति गराइएको हो, रकम फिर्ता गरेको एक एक रेकर्ड राख्न सम्भव छैन,’ नेपाललाइभलाई उनले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

साहूलाई ८४ करोड तिर्नपर्ने गरी २५ सय २० उजुरी फछ्यौट
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष कार्कीले २५ सय २० उजुरीमा मिटरब्याजी साहू र पीडितबीच १ अर्ब २० करोड ४६ लाख २४ हजार ८१८ रुपैयाँ लेनदेन भएको देखिएको बताए। जसमा साहूहरूले २ अर्ब २२ करोड २५ लाख ९२ हजार १९९ रुपैयाँ माग गरेकोमा ८४ करोड ३६ लाख ८३ हजार रुपैयाँ साहूलाई बुझाउनेगरी दुवै पक्षबीच सहमति गराइएको आयोगका जानकारी उनले दिए।

मिलापत्र अनुसार साहूले कब्जा गरेको ७१ बिघा १९ कठ्ठा १० धुर जमिन फिर्ता गर्ने सहमति पनि भएको उनले बताएका छन्।

देशैभरि ५५ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी आयोगमा परेका थिए।

आयोगको तथ्यांकअनुसार प्रदेशगत उजुरी फछ्र्यौट
कोशी 

उजुरी: ७९६ 
फछ्यौट: ११५ 
लेनदेन: ८ करोड २ लाख ७४ हजार 
साहूको माग: १३ करोड ४२ लाख ६४ हजार १००
मिलापत्र: ७ करोड ७८ लाख ६ हजार 
फिर्ता जमिन: ९ बिघा ३ धुर 

मधेस 
उजुरी: १८ हजार ९१ उजुरी
फछ्यौट: १ हजार ९८३ 
लेनदेन: ४८ करोड ५३ लाख ५८ हजार
साहूको माग: १ अर्ब ५ करोड ८३ लाख
मिलापत्र: ५४ करोड ६८ लाख १४ हजार 
फिर्ता जमिन:४२ बिघा १४ कट्ठा ८ धुर 

बागमती
उजुरी: १ हजार २६७
फछ्यौट: ५४
लेनदेन: साढे १४ करोड
साहूको माग: ४८ करोड 
मिलापत्र: ८ करोड १० लाख 
जमिन फिर्ता: २ कट्ठा 

गण्डकी 
उजुरी: १७५
फछ्यौट: ५१ 
लेनदेन: २७ करोड ९२ लाख ९६ हजार 
साहूको माग: ३२ करोड ६१ लाख 
मिलापत्र: २ करोड ७१ लाख 
फिर्ता जमिन: ३ कट्ठा 

लुम्बिनी 
उजुरी: २२१ 
फछ्यौट: १७१ 
लेनदेन: ११ करोड ९८ लाख 
साहूको माग : २ करोड ५५ लाख ३९ हजार
मिलापत्र: ५ करोड ७४ लाख 
जग्गा फिर्ता : ३ बिघा ६ कट्ठा १ धुर

कर्णाली
उजुरी: १५१ उजुर
फछ्र्यौट:  ६१ उजुरी 
लेनदेन : ४० लाख २० हजार ८००
साहूको माग: ५९ लाख २८ हजार
मिलापत्र: ३० लाख ७३ हजार 

सुदूरपश्चिम 
उजुरी: २६०
फछ्यौटः ३९ 
लेनदेन: ३ करोड ६ लाख ८४ हजार
साहूको माग: २ करोड ३९ लाख
सहमतिः २ करोड २३ लाख 
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १४:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? मेलम्चीको खानेपानी पुनः वितरण भए पनि काठमाडौं उपत्यकाका लागि पर्याप्त खानेपानी वितरण हुने छैन। साहका अनुसार दैनिक ५० करोड लिटर खानेप... आइतबार, कात्तिक १, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्