• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सीडीओ कार्यालयमै थुनिए मिटरब्याज पीडित, साहूसँग मिलेर पीडितलाई धम्काउँदै पूर्वमन्त्री यादव

64x64
कल्पना घिमिरे मंगलबार, साउन १६, २०८०  १४:४०
1140x725

काठमाडौं- प्रमुख जिल्ला प्रशासन कार्यालय रौतहटमा सोमबार मिटरब्याज पीडित र साहूमहाजनबीच ४ सदस्यीय मिटरब्याजसम्बन्धी जाँचबुझ टोलीले छलफल गरायो। छलफलमा करिब २० जना पीडित र साहूपक्षका व्यक्तिहरू सहभागी थिए। जहाँ साहूको पक्षमा स्थानीय नेताहरूसहित उपस्थित थिए नेपाल एकीकृत समाजवादीका नेता तथा मधेस प्रदेशका पूर्व राज्यमन्त्री नागेन्द्रराय यादव। जहाँ उनी पीडितलाई बोल्न पनि नदिई जर्बजस्ती मिलापत्र गराउन दबाब दिइरहेका थिए।

छलफलमा सहभागी मिटरब्याज पीडित संघर्ष समितिकी जिल्ला सचिव बोधकुमारी गिरीले भनिन्, ‘प्रहरीसमेतलाई बोल्न नदिई पीडितलाई धम्काउने काम भयो। मन्त्री र साहूले उल्टै पीडकलाई ५-१० दिनभित्र रकम बुझाउनू भनी सम्झौतापत्रमा हस्ताक्षर गराए।’ छलफलमा उपस्थित वाशु यादवलाई सीडीओ कार्यालयकै माथिल्लो कोठामा नियन्त्रणमा लिइ थुनाइएको उनले बताइन्। ‘२० हजार तिर्न नसकेपछि वाशु चौधरीलाई सीडीओ कार्यालयमै एक घण्टा थुनियो, थुनेर धम्काउने काम गरी जबर्जस्ती सहमति गराउने काम भयो,’ उनले भनिन्। आफूले बोल्न खोज्दा पूर्वमन्त्री यादवले धम्काएको उनले बताइन्। ‘कर्मचारीले राम्रो काम गरेको छैन। मन्त्री र वडाअध्यक्षहरू साहूसँग आएर पीडितलाई बोल्न नदिई उल्टै साहूलाई यति समयभित्र पैसा बुझाउनू भनी जर्बजस्ती हस्ताक्षर गराइरहेका छन्,’ उनले भनिन्।

मिटरब्याज पीडित संघर्ष समितिका रौतहट अध्यक्ष शिवशंकर यादवले सहमतिका लागि बोलाएर धम्काउने काम भइरहेको बताए। मिलापत्र नगरेसम्म धम्काउने काम भइरहेको भनाइ उनको छ। ‘मिलापत्र नगरे थुन्ने काम भइरहेको छ, पीडितलाई धम्काउने र नियन्त्रणमा लिने काम भइरहेको छ,’ उनले भने, ‘पीडितले उल्टै साहूलाई पैसा बुझाउनेगरी सम्झौता गराइदिने र माथिबाट फछ्यौट भयो भन्ने घोषणा भइरहेको छ, जुन हामीलाई चित्त बुझेको छैन।’

यसैगरी मिटरब्याज संघर्ष समिति सप्तहीका अध्यक्ष बिन्दु शाहले पनि जर्बजस्ती मिलापत्र गराइराखेको बताए। निलम राम र उनकी श्रीमतीलाई सीडीओ कार्यालयमा १ घण्टा थुनिएको जानकारी उनले दिए। ‘निलम रामले ७० हजार ऋण लिएर १ लाख तिरेका थिए,’ उनले भने, ‘तर साहू श्याम चौधरीले ५ हजार मात्रै तिरेको बताउँदै आएका छन्। सहमति गराउँदा सीडीओ कार्यालयले साहूको पक्षमा पीडितलाई रकम तिर्नू भनी सम्झौता गराइराखेको छ।’ साहूले नै निश्चित रकम तोकेर मिलापत्रका लागि प्रस्ताव गर्ने र प्रशासनले सोही अनुसार मिलापत्रका लागि पीडितको कुरै नसुन सोही प्रस्ताव गरिरहेको उनले बताए। ‘९९ प्रतिशत अहिले पुरानो तिरिसकेको रकम नहेरीकनै थप रकम साहूलाई तिर्नू भनेर मिलापत्र गराइँदैछ, मिलापत्र नगरे सीडीओ कार्यालयमै थुन्ने काम भइरहेको छ,’ उनले बताए। 

जिल्लामा जबर्जस्ती मिलापत्र गराइए पनि अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले भने पीडित र साहूहरूबीच मिलापत्र गराइएको बताइरहेको छ। जिल्लामा सहायक सीडीओसहित ४ सदस्ययीय जाँचबुझ टोलीले गराएको मिलापत्रका आधारमा आयोगले देशैभरबाट कुल २३ हजार ९६१ उजुरीमध्ये जम्मा २ हजार ५२० उजुरीमा साहू र पीडितहरूबीच मिलापत्र गराएको तथ्यांक सार्वजनिक गरेको छ। 

वर्षौँदेखि मिटरब्याजका कारण अन्यायमा परेपछि पीडितहरू लामो समययता आन्दोलनमा छन्। विभिन्न जिल्लाबाट काठमाडौंमा आई आन्दोलन गरेपछि सरकारले जाँचबुझा आयोग बनाएको छ। जिल्लामा सहायक सीडीओ प्रमुख रहनेगरी जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाको इन्स्पेक्टर, प्रहरीले राखेको सहयोगी र जिल्ला सरकारी वकिल कार्यालयको अधिकृत उक्त टोलीमा छन्। सोही टोलीले पीडित र साहूलाई सीडीओ कार्यालयमा बोलाएर मिलापत्र गराइरहेको छ। तर पीडितले भने उक्त मेलमिलाप धरपकड गरेर गराइएको आरोप लगाएका छन्।

आयोगले २ हजार ५२० मिटरब्याजसम्बन्धी उजुरीमा पीडितले ८४ करोड ३६ लाख ८३ हजार रुपैयाँ साहूलाई बुझाउनेगरी सहमति भएको तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांकअनुसार उक्त रकम बुझाएपछि साहूले बन्धक बनाएको ७१ बिघा १९ कट्ठा १० धुर जग्गा फिर्ता गर्ने सहमति दुई पक्षबीच भएको छ। 

तर वर्षौँदेखि पीडितले बुझाइसकेको रकमबारे भने मिलापत्र गराउँदा आयोग मौन देखिन्छ। कीर्ते कागज बनाइ साहूहरूले दोब्बर/तेब्बर रकम असुलेर घरजग्गा बन्धक बनाएको भन्दै पीडितहरू आन्दोलनमा उत्रिएका थिए। तर आयोगले उल्टै साहूलाई रकम बुझाउनुपर्नेगरी मिलापत्र गराइदिएको हो।

Ncell 2
Ncell 2

मिटरब्याज पीडितविरुद्ध संघर्ष समितिका सल्लाहकार एवं अभियन्ता नीर्ग नवीन सरकारले मिलापत्र भयो भनी सार्वजनिक गरेको तथ्यांक नभई मिथ्यांक भएको बताए। ‘जर्बजस्ती सहमति गराइएका पीडितहरू काठमाडौंस्थित शान्ति वाटिकामा आएका छन्,’ उनले भने, ‘यसरी सहमति हुनै सक्दैन।’

सरकारी पक्षले साहूहरूकै पक्षमा हुनेगरी जर्बजस्ती मिलापत्र गराइरहेको आरोप उनको छ। ‘पीडितले वर्षौँदेखि तिरेको पैसाको प्रमाण छैन। साहूले १ लाख ऋणलाई ७ लाख बनाएको छ, पीडितलाई ल अब तपाईँ ५ लाख तिर्नुस् भनी सरकारी पक्षले मिलापत्र गराइरहेको छ,’ उनले भने, ‘मिलापत्र गराइएका भनिएका ७५ प्रतिशत घटना यस्ता छन्। प्रहरीले गाडीमा हालेर सीडीओ कार्यालय लिएर जाने र यति तिर् भन्ने अनि तिर्छु नभनेसम्म निस्किन पनि नदिएको हामीलाई पीडितले भनेका छन्।’

धम्काएर मिलापत्र गराइँदैमा सहमति नहुने उनको भनाइ छ। 

यता मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भने सहमतिकै आधारमा मिलापत्र गराइएको दावी गरे। ‘पीडितले बुझाइसकेको रकम पनि हेरेर सबै हिसाब गरी सहमति गराइएको हो, रकम फिर्ता गरेको एक एक रेकर्ड राख्न सम्भव छैन,’ नेपाललाइभलाई उनले बताए। 

साहूलाई ८४ करोड तिर्नपर्ने गरी २५ सय २० उजुरी फछ्यौट
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष कार्कीले २५ सय २० उजुरीमा मिटरब्याजी साहू र पीडितबीच १ अर्ब २० करोड ४६ लाख २४ हजार ८१८ रुपैयाँ लेनदेन भएको देखिएको बताए। जसमा साहूहरूले २ अर्ब २२ करोड २५ लाख ९२ हजार १९९ रुपैयाँ माग गरेकोमा ८४ करोड ३६ लाख ८३ हजार रुपैयाँ साहूलाई बुझाउनेगरी दुवै पक्षबीच सहमति गराइएको आयोगका जानकारी उनले दिए।

मिलापत्र अनुसार साहूले कब्जा गरेको ७१ बिघा १९ कठ्ठा १० धुर जमिन फिर्ता गर्ने सहमति पनि भएको उनले बताएका छन्।

देशैभरि ५५ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी आयोगमा परेका थिए।

आयोगको तथ्यांकअनुसार प्रदेशगत उजुरी फछ्र्यौट
कोशी 

उजुरी: ७९६ 
फछ्यौट: ११५ 
लेनदेन: ८ करोड २ लाख ७४ हजार 
साहूको माग: १३ करोड ४२ लाख ६४ हजार १००
मिलापत्र: ७ करोड ७८ लाख ६ हजार 
फिर्ता जमिन: ९ बिघा ३ धुर 

मधेस 
उजुरी: १८ हजार ९१ उजुरी
फछ्यौट: १ हजार ९८३ 
लेनदेन: ४८ करोड ५३ लाख ५८ हजार
साहूको माग: १ अर्ब ५ करोड ८३ लाख
मिलापत्र: ५४ करोड ६८ लाख १४ हजार 
फिर्ता जमिन:४२ बिघा १४ कट्ठा ८ धुर 

बागमती
उजुरी: १ हजार २६७
फछ्यौट: ५४
लेनदेन: साढे १४ करोड
साहूको माग: ४८ करोड 
मिलापत्र: ८ करोड १० लाख 
जमिन फिर्ता: २ कट्ठा 

गण्डकी 
उजुरी: १७५
फछ्यौट: ५१ 
लेनदेन: २७ करोड ९२ लाख ९६ हजार 
साहूको माग: ३२ करोड ६१ लाख 
मिलापत्र: २ करोड ७१ लाख 
फिर्ता जमिन: ३ कट्ठा 

लुम्बिनी 
उजुरी: २२१ 
फछ्यौट: १७१ 
लेनदेन: ११ करोड ९८ लाख 
साहूको माग : २ करोड ५५ लाख ३९ हजार
मिलापत्र: ५ करोड ७४ लाख 
जग्गा फिर्ता : ३ बिघा ६ कट्ठा १ धुर

कर्णाली
उजुरी: १५१ उजुर
फछ्र्यौट:  ६१ उजुरी 
लेनदेन : ४० लाख २० हजार ८००
साहूको माग: ५९ लाख २८ हजार
मिलापत्र: ३० लाख ७३ हजार 

सुदूरपश्चिम 
उजुरी: २६०
फछ्यौटः ३९ 
लेनदेन: ३ करोड ६ लाख ८४ हजार
साहूको माग: २ करोड ३९ लाख
सहमतिः २ करोड २३ लाख 
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १४:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्