काठमाडाैं– हिमालयन ब्रोकरेज कम्पनी (ब्रोकर नम्बर ६३)ले ग्राहकको सुविधाका लागि नयाँ घोषणा गरेको छ।
यो ब्रोकरले मात्र ९९९ रुपैयाँमा ग्राहकले डिम्याट खाता र मेरो सेयर अकाउन्ट खोल्न सक्ने सुविधा दिने घाेषणा गरेकाे छ। साथै आजीवन नवीकरण हुने घोषणा गरेको छ।
जसअनुसार ग्राहकले हिमालयन ब्रोकरेजमा ९९९ रुपैयाँ तिरेर डिम्याट खाता र मेरो सेयर खोल्दा आजीवन नवीकरण हुनेछ। यो योजना कात्तिक महिना नवदुर्गाको नवौँ दिनसम्मका लागिमात्र लागू हुने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।