काठमाडौं– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एसिया कप नखेल्ने भएका छन्। रोहित शर्माको कप्तानीमा भारतले एसिया कप खेल्ने भएको छ।
एसिया कपका लागि कोहलीलाई आराम दिने निर्णय गरिएको छ।
शनिबार एसिया कपका लागि भारतले टिम घोषणा गरेको हो।
रोहितको कप्तानीको टिममा शिखर धवन उप–क्याप्टन रहने छन्।
त्यस्तै, केएल राहुल, अम्बाती रयदु, मनिष पान्डे, केदार जाधव, महेन्द्रसिंह धोनी, दिनेश कार्थिक, हार्दिक पाण्डेय, अक्क्षर पटेल, कुलदीप यादब, यूज्भेन्द्र चाहल, भुवनेश्वर कुमार, जमप्रित बुमराह, सार्दुल ठाकुर र खलिल अहमद टिममा छन्। खलिल अहमदले अहिलेसम्म इन्टरनेशनल खेल खेलेका छैनन्।
आगामी १५ सेप्टेम्बरदेखि यूएयुमा हुन लागेको प्रतियोगितामा भारतसहित पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र अर्काे एक टिमले प्रतिस्पर्धा गर्ने छ। एक टिम छनोटका लागि हाल मलेसियामा छनोट खेल चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।