काठमाडौं– एसिया कप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आयोजक मलेसियालाई १ सय ८९ रनको लक्ष्य पेश गरेको छ।
वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको हो।
टप अर्डरका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसकेपनि दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले नेपालको इनिङ सम्हालेका थिए।
११.४ ओभरमा नेपालले ५६ रन बनाउँदा ५ विकेट गुमाएका थियो। त्यसपछि दीपेन्द्र र आरिफको महत्वपूर्ण साझेदारीले नेपालले १ सय ८८ रन बनाएको हो।
आरिफ ६४ रनमा नटआउट रहे।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रनको योगदान दिए।
ओपनिङमा आएका अनिल साहले १६ तथा र सुवास खकुरेलले ९ रन बनाए। ज्ञानेन्द्र मल्ले ९ तथा कप्तान पारस खड्काले १३ रन बनाउँदा सागर पुन र सोमपाल कामी शुन्य रनमै आउट भएका थिए।
दुई खेल हारिसकेको नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ।
आज नेपालले करण केसी र रोहित पौडेलको ठाउँमा अनिल साह र ललितसिंह भण्डारीलाई खेलाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।