काठमाडौं- काठमाडौंको महाँकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक घाइते भएका छन् भने मन्दिरमा पनि क्षति पुगेको छ।
सोमबार राति सवा २ बजे ना२क ४० नम्बरको पानी ढुवानी गर्ने ट्यांकर अनियन्त्रित भएर मन्दिरमा ठोक्किएको स्थानीय गणपतिलाल श्रेष्ठले जानकारी दिए।
मन्दिरमा क्षति पुगेपछि गुठियारहरूबीच छलफल सुरु भएको छ। उक्त मन्दिरमा पुगेको क्षतिबारे निर्णय गर्न गुठियारहरु भेला भएका छन्।
दुर्घटनामा ओखलढुंगा घर भई बसुन्धरा बस्ने ५९ वर्षीय तेजबहादुर खत्री घाइते भएका छन्। घाइते भएका चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।