मिलान- युरोपेली च्याम्पियन्स लिग (युइएफए) को वर्ष खेलाडीको प्रतीक्षा गर्दै आएका क्रिस्टियानो रोनाल्डो क्रोयसियाका लुका मोडरिकले उपाधि हात पारेसँगै क्रुद्ध बनेका छन्। युभेन्टस फुटबल क्लबका प्रशिक्षक मासिमिलानो अलेग्रीले शुक्रबार यस्तो खुलासा गरेका हुन्।
रियल म्याड्रिड तथा क्रोयासियाको फुटबल टोलीमा मध्यक्षेत्रमा खेल्ने मोडरिक आफ्ना पूर्वटोली कप्तान रोनाल्डो र लिभरपुलका मोहम्मद सलाहलाई पछि पार्दै यस वर्षको वर्ष खेलाडी बन्न सफल भएका हुन्।
'बिहीबार रोनाल्डो साह्रै क्रुद्ध बनेका थिए। यो सामान्य कुरा मात्र हो,' अलेग्रीले भने।
रोनाल्डोले च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए। 'रोनाल्डो सम्मिलित टोलीका अर्का खेलाडीले पुरस्कार जिते। रोनाल्डोको धारणाले उनी अझै कति समय सर्वोत्कृष्ट खेलाडी रहने हुन्, शङ्का लाग्छ,' उनले भनेका छन्।
पत्रकार, च्याम्पियन्स लिग तथा युरोपा लिगका फुटबल प्रशिक्षकहरूले भने ३३ वर्षीय रोनाल्डोलाई सर्वोत्कृष्ट गोलकर्ताको उपाधिका लागि छनोट गरेका छन्। विश्वकपमा पनि सर्वोत्कृष्ट खेलाडीका रूपमा पुरस्कृत भएका मोडरिकले एकपछि अर्को सफलता पाइरहेका छन्।
विश्व वर्ष खेलाडीको उपाधि ५ पटक हात पारेका रोनाल्डो रियल म्याड्रिड छोडेर यसै सिजनदेखि इटालियाली क्लब युभेन्टसमा आबद्ध भएका हुन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।