काठमाडौं– मौद्रिक नीति सार्वजनिक भएपछि पुँजीबजारको ओरोलो यात्राले यस साताको पहिलो कारोबार दिन आइतबार पनि निरन्तरता पाएको छ।
गत साताको आइतबार मौद्रिक नीति सार्वजनिक भएको थियो।
आइतबार सेयर बजार २६.१४ अंकले गिरावट भएको छ। कारोबारको सुरुवात २१२६ बाट सुरु भएको केही क्षणमा २१३८ अंक पुगे पनि ३ बजेसम्ममा घटेर २१०० मा कायम भएको छ। कारोबार रकम पनि औषत रहेको छ।
आइतबार २ अर्ब ५० करोड माथि कारोबार भएको छ।
कारोबार भएका सबै उपसमूहहरू घटेका छन्। जसमा धेरै घट्नेमा क्रमश: निर्जीवन बिमा (२१० अंक), जीवन बिमा (१८८ अंक), होटल (१२० अंक), विकास बैंक (५९ अंक)ले घटेको छ।
कम्पनीगत रुपमा हेर्दा १८ कम्पनीको मूल्य बढेको छ। १८९ कम्पनीको मूल्य घटेको छ। धेरै कमाउने कम्पनीमा पिपल्स पावर लिमिटेड रहेको। जसको मूल्यमा ३.,६ प्रतिशतले परिवर्तन आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।