जाकर्ता (इन्डोनेसिया) - इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत जुडोमा नेपालको चुनौती शुक्रबार समाप्त भएको छ
पुरुष ९० केजीमुनि नेपालका श्रीराम मकाजु ताजकिस्तानका कोम्रोनसोक तथा १०० केजीमुनि नेपालका रविन श्रेष्ठ उज्वेकिस्तानका सेराली जुरेभसंग पराजित भए ।
महिला ७० केजीमुनि क्वाटरफाइनलमा नेपालकी पुनम श्रेष्ठ दक्षिण कोरियाकी उजिन पार्कसंग हारिन् । रिपाचेमा पनि पुनम पराजित भइन् । पुनम कजाकिस्तानकी जरिना रइफोभासंग चुकिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।