फाइल तस्बिर
भरतपुर– पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो।
चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोला नजिक आज (शनिबार) बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।
पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।