सप्तरी- मिटरब्याज लगाएको आरोफमा हिरासतमा रहेका सप्तरीका रामाप्रसाद साहु जेल चलान भएका छन्। सप्तरी राजविराज नगरपालिका ७ बस्ने उनीबिरुद्ध ठगी तथा अपराधिक विश्वासघात मुद्दामा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो।
अनुसन्धानपछि जिल्ला अदालतमा पेश गरिएका उनीबाट १८ लाख धरौटी माग गरिएको थियो। उक्त रकम तिर्न नसकेपछि पुर्पक्षको लागि कारागार कार्यालय सप्तरी चलान गरिएको छ।
उनीबिरुद्ध रामकृष्ण यादव, कौशल्या देवी, सुजान देवी साह समेतले उजुरी हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।