काठमाडौं– न्यायको माग गर्दै संसद् भवन घेराउ गर्न पुगेका लघुवित्त पीडितहरु परेका छन्। निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि केही आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
लघुवित्त वित्तीय संस्थाहरूले गरिब जनताहरूलाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा संसद् भवन घेराउ गर्न खोज्दा केही आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौंको माइतीघरबाट बानेश्वरतर्फ अघि बढ्ने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा केहीबेर आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी भएको थियो। उनीहरुले माइतघर हुँदै सिंहदरबार गेटमा पनि धर्ना दिएका थिए।
मिटरब्याज पीडित सम्बन्धी विधेयक संघीय संसदको माथिल्लो सदन राष्टिय सभामा विचाराधीन छ। त्यहाँबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुने छ। हाल आयोले काम गरिरहेको छ। तर कानुन नहुँदा समस्या भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।