काठमाडौं- तस्करीको सय केजी सुन प्रकाउ परेपछि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका प्रमुखको जिम्मेवारी खोसिएको छ। सो स्थानमा अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएर पठाइएको छ।
तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई जिम्मेवारीमुक्त गरेर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ।
सहसचिव पाण्डेको आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन विभागले बरामद गरेको थियो।
रेडी ट्रेडर्सका नाममा हङ्कङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर बरामद भएको थियो। उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्नेबारे पनि राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।