• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

एमबाप्पेको करिअरमा उथलपुथल : विश्व कीर्तिमानी प्रस्तावदेखि बेन्चमै थन्क्याउनेसम्मको चेतावनी

64x64
नेपाल लाइभ मंगलबार, साउन ९, २०८०  ११:४२
1140x725

काठमाडौं- साउदी क्लब अल हिलाल विश्वकै स्टारमध्येका एक फरवार्ड केलियन एमबाप्पे भित्र्याउने दाउमा लागिपरेको छ। फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध रहेका एमबाप्पेलाई भित्र्याउनका लागि अल हिलालले विश्व कीर्तिमानी रकम २५९ मिलियन पाउन्डको मेगा प्रस्ताव गरेको हो। 

अल हिलालको प्रस्ताव पीएसजीले स्वीकार गर्दै यस विषयमा थप कुराकानी गर्न एमबाप्पेका एजेन्टलाई स्वीकृत समेत दिइसकेको छ।

फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका २४ वर्षीय एमबाप्पेको पीएसजीमा अझै एक वर्ष सम्झौता बाँकी नै छ। उनले एक वर्षपछि पीएसजीमा आफ्नो सम्झौता नलम्ब्याउने बताइसकेका छन्। जसकारण अहिले नै एमबाप्पेलाई बेचेर महँगो रकम लिने दाउमा पीएसजी लागेको छ।

सम्झौता नलम्ब्याउने बताएका एमबाप्पेलाई पीएसजीले प्रि-सिजनको टोली घोषणा गर्दा बाहिरै रोखेको थियो। त्यसपछि एमबाप्पे र पीएसजीको दूरी झनै बढेको छ। एक वर्षपछि सम्झौता सकिने भएकाले त्यतिबेला सित्तैमा स्टार खेलाडी एमबाप्पेलाई छाड्नुपर्ने भएकाले पीएसजी अहिले नै कुनै पनि हालतमा एमबाप्पेलाई बेच्ने रणनीतिमा छ।

इंग्लिस क्लब चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, सिरी ए क्लब इन्टर मिलान, ला-लिगा क्लब बार्सिलोना सबै अहिले एमबाप्पे भित्र्याउने रणनीतिमा लागेका छन्। तर एमबाप्पेले यसअघि अर्को सिजनको अन्त्यमा पीएसजी छाड्ने र रियल मिड्रिड जाने इच्छा व्यक्त गरेका थिए।

यदि अहिले महँगो रकम लिएर एमबाप्पेलाई बेच्न नसकेको अवस्थामा महँगो रकम लिएर एक वर्षका लागि लोनमा भए पनि पठाउने रणनीतिमा पीएसजी छ। एक वर्षे लोनका लागि एमबाप्पेलाई पीएसजीले रियल मड्रिडमा समेत पठाउने सक्ने बीबीसीले उल्लेख गरेको छ।

पीएसजीका अध्यक्ष नासेर अल-खेलाफी वर्तमान गतिरोधलाई एमबाप्पेले अन्त्य गर्न नचाहे पूरै सिजन बेन्चमा थन्क्याउनेसम्मको चेतावनी समेत दिएका छन्। खेलाफीको उक्त धारणाले एमबाप्पेलाई मात्रै नभई गर्दा फ्रान्स राष्ट्रिय टिमलाई समेत ठूलो घाटा पर्न सक्छ। आफ्ना मुख्य खेलाडीले पूरा सिजन बेन्चमा बिताए पनि उनकै कप्तानीमा फ्रान्सले युरो २०२४ खेल्नुपर्नेछ।

अल हिलाल साउदी अरेबियाको सार्वजनिक लगानी कोषको स्वामित्वमा रहेको क्लब हो। हिलालले यो सिजन चेल्सी र वुल्भ्सबाट क्रमश: रुबेन नेभ्स र कालिडो कौलिबालीलाई अनुबन्धन गरिसकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि जापान टुरबाट एमबाप्पेलाई बाहिर राखेपछि फ्रान्सेली फुटबल युनियनले एमबाप्पेमाथि ‘नैतिक उत्पीडन’ गरिएको आरोप समेत लगाएको थियो।

पीएसजीका सबै समयका प्रमुख गोलकर्ता एमबाप्पेले आफू सम्झौता नलम्ब्याउने बताइसकेका छन्। जसकारण एक वर्षपछि आउँदो जुन १२ मा पीएसजीसँग एमबाप्पेको सम्झौता सकिँदैछ। त्यसपछि उनी फ्रि ट्रान्सफरमा अन्य क्लब जान्छन्। 

सम्झौताको अन्त्यसम्म पीएसजीमै रहने र त्यसपछि मात्रै ‘फ्रि’मा क्लब छाड्ने योजनामा छन्। क्लब अहिले नै बेचेर पैसा लिने दाउमा छ। यही दोहोरो स्वार्थका कारण अहिले क्लब र एमबाप्पेबीच सम्बन्ध राम्रो छैन। त्यसैको परिणाम उनलाई एसिया टुरमा क्लबले नराखेको हुनसक्ने बताइएको छ।

सन् २०१७ मा १६५.७ मिलियन पाउन्डमा मोनाकोबाट पीएसजीले एमबाप्पेलाई अनुबन्धन गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एम्बाप्पेलाई जापान र दक्षिण कोरिया जाने टोलीबाट बाहिर राखेपछि व्यावसायिक फुटबलरहरूको राष्ट्रिय संघ (यूएनएफपी) ले विज्ञप्ति निकालेर भनेको छ, ‘यी खेलाडीले बाँकी समय आनन्दसँग खेल्न पाउनुपर्छ।’

यस्तो व्यवहार गर्ने कुनै पनि क्लब विरुद्ध नागरिक र फौजदारी कारबाही गर्ने अधिकार यूएनएफपीसँग रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

एमबाप्पे विगत ६ वर्षदेखि पीएसजीको मुख्य खेलाडीको रुपमा रहँदै आएका छन्। यो समयमा उनले २६० खेल खेल्दै २१२ गोल गरेका छन्। पाँच लिग वान र गोल्डेन बुट समेत एमबाप्पेले जितेका छन्।

उनले फ्रान्सलाई सन् २०१८ को विश्वकप जिताए भने २०२२ को फाइनलमा अर्जेन्टिनासँग पराजित हुँदा ह्याट्रिक गरेका थिए। २०२२ मा आफ्नो अन्तिम सम्झौताको अन्त्यमा उनी रियल म्याड्रिडमा नि:शुल्क सामेल हुने अपेक्षा गरिएको थियो, तर पीएसजीमा दुई वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेर सबैलाई चकित पारे।

तर, उनले सम्झौता अब विस्तार नगर्ने निर्णय गरेका छन्। क्लबका अध्यक्ष नासेर अल-खेलाफीले एमबाप्पेलाई सन् २०२४ मा सित्तैमा जान दिने ‘असम्भव’ भएको बताएका छन्।

एमबाप्पेको करिअर उथलपुथलमा ल्याउने केही मुख्य घटनाको टाइमलाइन
मे २०२२ :
रियल मड्रिडमा जान अस्वीकार। पीएसजसँगै थप २ वर्षको सम्झौता।
डिसेम्बर २०२२ : विश्वकपको फाइनलमा ह्याट्रिक। तर पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी।
मार्च २०२३ : गोलरक्षक ह्युगो लोरिसलाई रिप्लेस गर्दै फ्रान्सको कप्तानको जिम्मेवारी।
अप्रिल २०२३ : छैटौं पटक लिग वान विजेता। पीएसजीको जर्सीमा पाँचौं।
१३ जुन २०२३ : सामाजिक सञ्जालमा ट्वीट गर्दै पीएसजीमै बस्न चाहेको जानकारी। तर २०२४ पछि सम्झौता नवीकरण नगर्ने घोषणा।
५ जुलाई २०२३ : पीएसजी अध्यक्ष नासेरद्वारा एमबाप्पेसँग वार्ता। पीएसजीमै रहने भए सम्झौता नवीकरण गर।
९ जुलाई २०२३ : फ्रान्स फुटबल म्यागजिनमा टिप्पणी दिँदै पीएसजी ‘विभाजनकारी’ क्लब रहेको धारणा व्यक्त।
२१ जुलाई २०२३ : जापान र दक्षिण कोरियाको प्रि-सजन टुरबाट आउट।
२२ जुलाई २०२३ : एमबाप्पेलाई प्रि-सिजन टुरमा नराख्नु उनीमाथिको ‘नैतिक उत्पीडन’ भएको फ्रेन्च फुटबलर युनियनको धारणा।
२४ जुलाई २०२३ : साउदी क्लब अल हिलालद्वारा विश्व कीर्तिमानी रकम २५९ मिलियन पाउण्डको अफर।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ११:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पूर्वाधार विकासका लागि निजी क्षेत्रको पुँजी परिचालन आवश्यक : अर्थमन्त्री
पूर्वाधार सम्मेलनअघि ५९ वटा कानुन संशोधन गर्ने तयारी
सम्बन्धित सामग्री
अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने क्रिस्टियानो रोनाल्डोको घोषणा राष्ट्रिय टोलीबाट सन्यास लिए पनि रोनाल्डोले क्लब फुटबलमा भने खेल जारी राख्नेछन् । बिहीबार, कात्तिक १९, २०८३
बार्सिलोनाको सहज जित युइएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति एस्टन भिल्लालाई ३–० गोलले पराजित गर्दै बार्सिलोनाले प्रभावशाली जित निकालेको छ। बुधबार, कात्तिक १८, २०८३
रियलको लगातार छैटौं जित किलियन एमबाप्पेले सिजनको १२औं लिग गोल गरेपछि रियल मड्रिडले रेसिङ सान्टान्डरलाई ३–० ले पराजित गरेको छ। सोमबार, कात्तिक १६, २०८३
ताजा समाचारसबै
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
पूर्वाधार विकासका लागि निजी क्षेत्रको पुँजी परिचालन आवश्यक : अर्थमन्त्री बिहीबार, कात्तिक १९, २०८३
पूर्वाधार सम्मेलनअघि ५९ वटा कानुन संशोधन गर्ने तयारी बिहीबार, कात्तिक १९, २०८३
अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने क्रिस्टियानो रोनाल्डोको घोषणा बिहीबार, कात्तिक १९, २०८३
जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा जारी बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्