भरतपुर– नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा मंगलबार बिहान पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।
पाहिरो पन्छाउने क्रम सुरु भए पनि वर्षा भइरहेका कारण कति समयमा सडक खुल्छ भन्ने यकिन नभएको पण्डितको भनाइ छ। ‘पहिरो पन्छाउने क्रम सुरु गरिएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न सकिँदैन,’ पण्डितले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।