काठमाडौं– संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशीले सांगीतिक कार्यक्रमका लागि अमेरिका टुर गर्ने भएका छन्।
थ्रिई इन्टरटेन्टमेन्ट एलएलसीले आयोजना गर्न लागेको ‘युएसए टुर २०२३’मा उनीहरुले आफ्नो प्रस्तुति दिनेछन्।
यो कार्यक्रमका लागि कलाकारको व्यवस्थापन पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क प्रालिले गरेको छ। यो टुर अक्टोबर ७ देखि नोभेम्बर १४ सम्म हुनेछ।
थ्रिई इन्टरटेनमेन्ट एलएलसीले अमेरिकामा यसअघि फिल्ममा हाइ प्रोफाइल इभेन्ट आयोजना गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।