काठमाडौं– गायक शिव परियारको स्वरमा गीत ‘कसरी भुल्नु तिमीलाई’ सार्वजनिक भएको छ। सत्यकला लामाको शब्द र संगीतकार सिडी विजया अधिकारीको संगीतमा गीत तयार भएको हो।
गीतमा उर्गेन दोङको एरेन्ज र दीपेश प्रधानको मिक्सिङ तथा मास्टरिङ छ। एएमएस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको उक्त गीतको भिडियोमा नयन सिंह, याङी दोङ, कुमार कार्की र लिलम थापा फिचर्ड छन्। गीत प्रेम र वियोग थिममा आधारित छ।
विक्रम चौहान निर्देशित भिडियोमा नरेश अय्यरको छायांकन, लक्ष्मण चौहानको सम्पादन, मिलन विश्वकर्माको कलर ग्रेडिङ छ। भिडियोका निर्माता कुमार कार्की हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।