काठमाडौं- राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिलाई पुँजी बजारले ‘भव्य’ स्वागत गरेको छ। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ६३.२४ अङ्कले बढेको छ।
नेप्सेको मापक पनि बढेर २२ कटेर २२२७ मा कायम भएको छ। आइतबार सबैभन्दा धेरै बैंकिङ उपसमूह बढेको छ। जस अन्तर्गत विकास बैंक १९५ अङ्कले, बैंकिङ ६५ अङ्कले बढेको छ।
यस्तै, होटल तथा पर्यटन क्षेत्र १७७ अङ्कले बढेको छ। निर्जीवन बीमा १५८, जीवन बीमा १२५, व्यापार १२१ अङ्कले बढेको छ।
१९९ कम्पनीको मूल्य बढ्दा १६ कम्पनीको मूल्य भने घटेको छ। त्यस्तै, कारोबार रकम पनि बढेको छ। आज ४ अर्ब ३७ करोड माथीको करोबार भएको छ।
आज किसान लघुवित्त, र चन्दागीरी हिल्सको मूल्य समान १० प्रतिशतले बढेको छ। त्यस्तै, लिबर्टी इनर्जी, स्वारोजगार, ग्लोबल आईएमईको मूल्य पनि क्रमश: ९.९७, ९.८९ र ९.३२ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।